२७ श्रावण २०७९, शुक्रबार

Aug 12, 2022


बारा ।  निजगढ सार्वजनिक सरोकार समितिले रौतहटको विभिन्न पालिकाका प्रमुखलाई भेटेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि विशेष प्रस्ताव पास गर्न आग्रह गरेको छ । समितिका संयोजक एकबहादुर श्रेष्ठ नेतृत्वमा गएको टोलीले विमानस्थल निर्माणको लागि विशेष प्रस्ताव पारित गर्न कटहरिया, गुजरा, देवाही गोनाह, वृन्दावन, गढीमाई र मौलापुर नगरपालिकाका प्रमुख र उपपप्रमुखलाई भेटेर आग्रह गरेको हो । 

Advertisement

समितिले यसअघि बाराको कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साह, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, फेटा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी, विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फिकर अली भुट्टो, पर्सौनी गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जैसवाल र परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षेत्री पटेललाई कार्यालयमा भेटेर आग्रहपत्र बुझाएको थियाे । 

आग्रहपत्र बुझ्दै बारा विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फिकर अली भुट्टोले विमानस्थल निर्माण नगर्ने भनेर अदालतले गरेको फैसला खारेज हुनुपर्ने र निजगढमा विमानस्थल निर्माण हुनुपर्ने बताए ।

यसैगरी बाराकै पर्सौनी गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जैसवालले अदालतको निर्णय पुनरावलोकन गरिनु पर्ने बताए । आग्रह पत्र बुझाउने टोलीमा समितिका सदस्य विनोद भारती, टेकबहादुर भण्डारी, गोकुल घोरसाइने, इन्दिप कोइराला, सुरेन्द्र जैसवाल, दीपक सापकोटा र निर्मल खडकालगायतको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

देशैभर आज पनि वर्षाको सम्भावना, भोलि र पर्सी ठूलो पानी पर्ने आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र : कसले सञ्चालन गर्ने बारे अन्यौल अन्तर्राष्ट्रिय युवा दिवस : युवाका समस्या जस्ताको त्यस्तै अक्सफोर्डका विद्यार्थीलाई स्वागत तथा सम्मान ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण गुल्मीको वार्षिक समीक्षा गोष्ठीमा जे देखियो… सामाजिक सञ्जालमार्फत महिलालाई सास्ति दिएको भन्दै एक जना पक्राउ सनराइज बैंकको लगानीमा चौतारी निर्माण एमालेले गठन गर्‍यो ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी लुम्बिनीका १० सहित ६३ पालिकाले अझै बजेट पेश गरेनन् चाउचाउपछि फिल्मी क्षेत्रमा रुपन्देहीको यशोदा समूह, चलचित्र ‘फूलबारी’ निर्माण गर्दै माओवादीबाट ३ पटक जितेका टोपबहादुरले एमालेबाट के गर्लान्? कोरोना संक्रमणबाट एकै दिन पाँच जानाको मृत्यु राप्रपा रुपन्देही उपाध्यक्ष गुप्ताद्वारा पदबाट राजीनामा (पत्रसहित) भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा रिट दायर, सोमबार पेसी रुपन्देही ट्राफिक प्रहरीकाे अभियान : तीब्र गतिका सवारीलाई नियन्त्रण भैरहवाको मेडिकल कलेजमा विशिष्ट विशेषज्ञ सेवा थप दिया मास्के भन्छिन्- ‘प्रकाश’ मा सीताकाे क्यारेक्टरले धेरै सिकायाे