ताजा अपडेट »

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

शुक्रबार, १४ बैशाख २०८१, १२ : ३६
84 Shares
शुक्रबार, १४ बैशाख २०८१
84 Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ ।शुक्रबार मन्त्रालयले सूचना प्रकाशन गरी २०८० वैशाख २ गतेदेखि सम्पर्कमा नरहेको भन्दै सेवाबाट बर्खास्त गरिएको जानकारी दिएको हो ।

निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड ६ बमोजिम गैरेलाई मन्त्रिपरिषद्को निर्णयअनुसार सेवाबाट हटाइएको मन्त्रालयको सूचनामा भनिएको छ । सरकारी सेवामा लगातार ९० दिनभन्दा बढी अनुपस्थित भएमा निजामति सेवा ऐन अनुसार भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था रहेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।