१६ असार २०७९, बिहीबार

Jun 30, 2022

बुटवल । रहस्यमय ढंगले ज्यान गुमाएकी रुपन्देहीकी अमृता खत्री टण्डनको ७३ दिनपछि शुक्रबार दाहसंस्कार गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकीनगरकी अमृताको शुक्रबार माइती पक्षले दाहसंस्कार गरेको हो ।

Advertisement

प्रहरीले माइती र घर पक्षसँग बिहीबार सहमति जुटाएपछि माइती पक्ष दाहसंस्कारका लागि तयार भएको थियो । सोही सहमति अनुरुप अमृताको शुक्रबार तिलोत्तमा ३ स्थित मगरघाटमा दाहसंस्कार गरिएको अमृताका दाजु पुष्पक खड्काले जानकारी दिए ।

विभिन्न चरणमा भएको छलफलपछि बिहीबार दुवै पक्षबीच सहमति जुटेको हो । जस अनुसार घर पक्षले अमृताको नाममा कुनै काम गर्नेगरी अक्षयकोष बनाउने र छोराको शिक्षादिक्षाको लागि १४ लाख रुपैयाँ उनकै नाममा बैंकमा राखिदिने सहमति भएको छ ।

गएको चैत ३० गते राति अमृताको शंकास्पद मृत्यु भएपछि माइती पक्ष आन्दोलनमा उत्रिएको थियो । लामो समय आन्दोलनमा उत्रिएपछि पनि माग सुनुवाई नभएपछि माइती पक्षले लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको शव उठाउन मानेका थिएनन् ।

पाँचसय मिटरको दूरीमा रहेको माइतीबाट घर गएको आधा घण्टामै उनको मृत्यु भएको भनिए पनि माइती पक्षले भने उनको हत्या गरिएको भन्दै परिवारका सदस्यलाई कारबाही गर्न माग गर्दै आएका थिए ।

उनीहरुले अमृताको मृत्युमा  श्रीमान प्रेम टण्डन, उनका बुवा टहलसिंह टण्डन र आमा दीपा टण्डनको हात रहेको भन्दै उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएर सडक आन्दोलनमा उत्रिएका थिए ।

अमृताका माइती पक्षले दिएको जाहेरी अनुसार जिल्ला अदालत रूपन्देहीले श्रीमान प्रेम टण्डनलाई पुर्पक्षको लागि थुनामा पठाए पनि सासू–ससुरा दुवैलाई भने प्रमाण नपुगेको भन्दै यसअघि नै रिहा गरिसकेको थियो ।

तर माइती पक्षले घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने भन्दै अन्त्येष्टि गर्न अस्वीकार गर्दै आएका थिए । यसअघि पोष्टमर्टमका लागि पनि रूपन्देही प्रशासनले निष्पक्ष छानबिन गर्ने प्रतिवद्धता जनाएपछि मात्रै माइती पक्ष सहमत भएका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

सनकको भरमा संसद भंग गर्ने कार्यले गैरदलीय प्रवृत्तिको विकास : झलनाथ खनाल विभिन्न विपद् कोषमा ६ अर्ब ८० करोडभन्दा बढी रकम, कुन प्रदेशमा कति ? केपी ओली र वामदेव गौतमबीच भेटवार्ता पर्खाल भत्किएर पुरिँदा एक महिलाको मृत्यु प्रजातन्त्र होइन गठबन्धनतन्त्र ! सर्वोत्तम लिटोको प्याकेटमा कीरा कसरी लाग्छ हैजा ? यी हुन् लक्षण र रोकथामका उपाय सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घट्यो दक्षिण कोरियामा २०२३ का लागि श्रमिकको तलब ५ प्रतिशतले वृद्धि सयपत्री हाइड्रोपावरको आईपीओ भर्ने समय थप ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु राजस्थानमा धार्मिक तनावः मोदीलाई धम्की, इन्टरनेट सेवा बन्द रुपन्देहीको सैनामैनाका एक युवा मृत अवस्थामा फेला फुटबलर भरत र नवयुग एनएसी प्रतियोगिता खेल्न अमेरिका प्रस्थान डाइभर्सन निर्माणपछि खुल्यो पूर्व–पश्चिम राजमार्ग, कस्ताे छ अन्य सडककाे अवस्था ? मध्यअसारसम्म लुम्बिनीमा ३३ प्रतिशत मात्र रोपाईं आज पनि देशभर वर्षाको सम्भावना श्रीमान १० वर्ष वेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिने प्रस्ताव रोटरी क्लब भैरहवाद्वारा तिलोत्तमास्थित विद्यापिठका विद्यार्थीलाई कम्प्युटर तथा झोला वितरण एमाले निकट युवा संघको धान राेपाइँमा कुटाकुट