१९ असार २०७९, आईतवार

Jul 3, 2022


काठमाडौं । डान्सिङ रियालिटी शो ‘डान्स मास्टर  लिटिल च्याम्प्स’ को भोटिङ पार्टनरमा ‘पे वेल’ ले सहकार्य गर्ने भएको छ । आइतबार एक कार्यक्रमकाबीच थ्री- प्रोडक्सन र पे–वेलबीच सम्झौता भएको हो ।

Advertisement

बालबालिका केन्द्रित यस शोको डिजिटल अडिसन यस अघि नै सम्पन्न भइसकेको छ । उक्त अडिसनबाट छानिएका प्रतिभाहरूका लागि चाँडै नै फिजिकल अडिसन सुरु गरिने निर्माण पक्षले जनाएको छ ।  काठमाडौं, विराटनगर, पोखरा, इटहरी, चितवन तथा भारतको आसाम र सिक्किममा फिजिकल अडिसन गरिनेछ ।

पे–वेलका सिइओ सत्यन्द्र श्रेष्ठले बालबालिकामा भएको प्रतिभालाई उजागर गर्न र उनीहरूलाई प्रोत्साहन गर्न यस खालको कार्यक्रमले मद्दत गर्ने भएकाले आफूहरु कार्यक्रमको हिस्सा बनेको बताए ।

शोको निर्णायकमा तेरिया फौजा मगर, रोजिया महर्जन रहेका छन् । सुपर जजको रूपमा अभिनेत्री सारंगा श्रेष्ठ रहनेछिन् भने शोको होस्ट सुमन र रीमा विश्वकर्माले गर्नेछन् । कमेडी च्याम्पियन जस्तो सफल रियालिटी शो तयार गरेको ’थ्रि प्रोडक्सन’ले नै यस शोको निर्माण गर्न लागेको हो ।  शो निर्माणमा नेपा डान्स एकेडेमीले सहकार्य गरेको छ ।

डान्स मास्टरको उपाधि जित्नेले २५ लाख नगद पुरस्कार पाउनेछन् । त्यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ लाख र १० लाख नगद पुरस्कार हात पार्नेछन् । निर्देशक भण्डारीका अनुसार विजेताले पाउने पुरस्कार आफ्नो कोरियोग्राफरसँग ५० प्रतिशत साझेदारी गर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस्

Flash News

अढाई करोडका सिन्काले दाँत कोट्याउँछन् नेपाली ! पौडी खेल्ने क्रममा दुई भारतीय नागरिकको मृत्यु तत्कालीन नेकपाका बहुमत सदस्यको भेटवार्ता, के भयो कुराकानी ? सरसफाइका लागि कठोर नीति ल्याउँदै तुलसीपुर चट्याङ लागेर ३ बाख्रा र एक भैंसी मरे, एक महिला घाइते जन्ती हिँडेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु फूलहरूलाई के हिउँद, के बर्खा (फोटोफिचर) बुटवल मण्डपको नाम फेर्ने उपमहानगरको निर्णयप्रति व्यवसायिक संघ-संस्थाहरुको असहमति, फिर्ता लिन माग तुलसीपुरका पानी मुहान क्षेत्रमा चुनढुगा उत्खननको तयारी, खानेपानी संस्थाको बिरोध एमालेभित्रको अन्तर्घात छानबिन गर्न कार्यदल तिलोत्तमालाई युवामैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता छोरी भएर जन्मिनु विडम्बना हो ! अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज हस्ताक्षर किर्ते गरी छ्यालिस लाख रुपियाँ अपचलन गर्ने कर्मचारी पक्राउ पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर पत्रकार पन्थीको ‘अन्ट्रान्सलेटेबल’ विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा विपद्बाट हुने क्षति न्यूनिकरण गर देशको आर्थिक अवस्था गम्भीर संकटमा : प्रचण्ड सेयर बजारमा हरियाली बुटवलमा साइन्स-म्याथ ओलम्पियाड, कान्ति माविका शिशिर प्रथम