ताजा अपडेट »

बुटवलमा एकल महिलाहरुका लागि क्षमता बिकास गराउन अभिमूखिकरण

आइतबार, २९ जेठ २०७९, १२ : ३४
32 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाका एकल महिलाहरुलाई आफ्नो हकअधिकार र नेतृत्व विकास गराउने लक्ष्यसहित ३ दिने अभिमूखिकरण सम्पन्न भएको छ। मानव अधिकारको लागि एकल महिला समुह रुपन्देहीको आयोजना र कुर्भे विस्ट्रोको सहयोगमा बुटवल उपमहानगरपालिका भित्रका १९ वटै वडाका प्रतिनिधित्व हुनेगरी २७ जना एकल महिलाहरुलाई अभिमूखिकरण गरिएको समुहका सचिब रिता सेनले बताईन।

कुर्भे विस्ट्रो भन्ने जर्मनी संस्थाले परियोजनामार्फत यस क्षेत्रमा एकल महिलाको दक्षता वृद्धि, विपन्न एकल महिलाका अधिकार र कर्तब्य, द्वन्द प्रभावित ब्यक्तिका लागि समेत सीप र र‍ोजगार दिएर आय(आर्जन विकासका लागि सहयोग हुने गरि काम गरिरहेको उनले बइन । तालिममा समुहकी प्रदेश अध्यक्ष जानकी घिमिरे र शिक्षा अधिकारीले सिमान्तकृत, एकल महिला, आयआर्जनका क्षेत्र, नेतृत्व विकास, कार्यक्रम तयारी र कार्यपत्रको विषय लगायतमा सहजिकरण गरेका थिए।

कार्यक्रममा सिमान्तकृत वर्ग, विपन्न एकल महिलाका अधिकार र कर्तब्य, द्वन्द प्रभावित ब्यक्तिलाई समेटेर सीप र र‍ोजगार दिने बारे समेत छलफलहरु भएको उनले सचिव सेनले बचाइन। कार्यक्रममा राधिका श्रेष्ठले आर्थिक रुपमा सबल बनाउने गरि कार्यक्रमहरु ल्याउनुपर्ने बताइन।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।