ताजा अपडेट »

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य, पेट्रोल प्रतिलिटर ८ रुपैयाँले महङ्गियो

विहीबार, २६ जेठ २०७९, २१ : ३७
4 Shares

काठमाडौँ । नेपाल आयल निगमले फेरि इन्धनको भाउ बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको आयल निगमले जनाएको छ ।

यसअघि जेठ १९ गते पूर्वाधार करबराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।बिहीबारको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल/मट्टितेलको १ सय ६५ रुपैयाँ पर्नेछ । खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।