२१ माघ २०७९, शनिबार

Feb 4, 2023

रुपन्देही । बेपत्ता पीडित परिवारले सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएकाको अवस्था सार्वजनिक गर्न माग गर्दै दर्ता गरेको निवेदन उपर उच्च अदालत तुलसीपुर इजलास वुटवलले परमादेश जारी गरेको छ ।

Advertisement

वेपत्ता परिवारका तर्फवाट निवेदक वुधु पासी र धनकुमारी थारुले उच्च अदालत वुटवलमा दर्ता गरेको परमादेश निवेदन दर्ता भइ बुधबार भएको सुनुवाईमामा न्यायाधिश नित्यानन्द पाण्डे र ममता खनालको इजलासले परमादेस जारी गरेको हो । रीटमाथि अधिवक्ता शिव प्रसाद गौडेल र इन्दिरा आचार्यले वहस गरेका थिए ।बेपत्ता पीडित परिवारले सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएकाको अवस्था सार्वजनिक गर्न माग गर्दै यसअघि पटक पटक जाहेरी दर्ता गर्ने प्रयास भएपनि सफल हुन सकेको थिएन ।

यसअघि अन्तरराष्ट्रिय बेपत्ताविरुद्धको दिवसमा पीडित परिवार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ताका लागि पुगेका थिए । आफन्त बेपत्ता भएको डेढ दशकसम्म पनि बेपत्ताको अवस्था सार्वजनिक नभएकाले सास या लाशको माग गर्दै पीडित परिवारले जाहेरी दर्ताका लागि प्रयास गरेपनि जिल्ला प्रहरी कार्यालयले लीन नमानेका कारण पिडीत परिवार अदालत पुगेका हुन् ।

बेपत्ताको अवस्था सार्वजनिक गर्न र बेपत्ता पार्ने कार्यमा संलग्न पीडकको पहिचान गरी कानूनी कारवाही गर्नुपर्ने उनीहरुको माग छ । २०५९ सालमा जिल्लाको साविक वोदवार गाविस वडा नं ३ (हाल रोहीणी गाउँपालिका–५ बुची) निवासी रामपलट भन्ने लौटु पासीलाई गैरकानूनी पक्राउ गरी थुनामा राखेको र बलपूर्वक बेपत्ता पारेको जनाउँदै पासीका परिवारले तत्काल अवस्था सार्वजनिक गर्न माग गर्दै अदालतमा निवेदन दिएका हुन् ।

प्रहरी कार्यालयमा जाहेरी दर्ताका लागि गए पनि प्रहरीले उक्त जाहेरी दर्ता नगरी फिर्ता पठाएपछि अदालतमा निवेदन दिएको पीडित बुधुले बताइन् । उनले आफ्ना दाई लौटुसँग २०६१ साल जेठ २५ गते सोमबारका दिन अन्तिम भेट भएको र त्यसपछि बेपत्ता भएको बताउदैं तत्काल अवस्था सार्वजनिक गर्न माग गरेकी थिइन् ।

यसैगरी रूपन्देहीको सियारी गाउँपालिका –६ की धनकुमारी थारुका श्रीमान् कमलप्रसाद बेपत्ता भएको पनि डेढ दशक पुगेको छ । राज्य पक्षबाट २०६२ भदौ ११ गते बेपत्ता पारिएका कमलको अवस्था सार्वजनिक गर्न माग गर्दै अदालतमा निवेदन दिएको थारुले बताए। उनका अनुसार रोजगारीका लागि भारत गएका कमललाई गाउँ फर्किएको केही दिनमै सादा पोशाकमा आएका नेपाली सेनाका जवानले ससुराली जान लाग्दा बाँसगढी भन्ने ठाउँबाट लिएर गएका थिए ।

तत्कालीन विद्रोही माओवादी र नेपाल सरकारबीच सम्पन्न विस्तृत शान्ति सम्झौतामा ६० दिनभित्र बेपत्ता नागरिकको स्थिति सार्वजनिक गर्ने भनिएको थियो । तर, सम्झौता भएको डेढ दशक हुँदा समेत त्यो काम हुन सकेको छैन । सङ्क्रमणकालीन न्याय अन्तर्गत बेपत्ता व्यक्तिको छानबिन गर्न आयोग गठन भए तापनि आयोगले प्रभावकारी काम गर्न नसकेको बेपत्ता पीडित परिवारको गुनासो छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सात वर्षसम्म परिणाम दिन नसक्दा उनीहरु निराश छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

संघीयताको मर्म अनुसार काम गर्छु: मुख्यमन्त्री गिरी गुल्मी जिल्ला समाज युकेद्वारा अपाङ्ग असहायहरुलाई सहयोग बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा अर्थमन्त्री पौडेललाई नगर प्रमुख यादवको ध्यानाकर्षण, रामग्राम स्तुपको गुरुयोजना कार्यान्वयनमा ल्याउने प्रतिवद्धता सामुदायिक विद्यालयमा विद्यार्थी उपस्थिती बढाउन प्रति विद्यार्थी दैनिक दश रुपैयाँ रास्वपालाई गृह मन्त्रालय दिने नदिने वारेमा माओवादीले निर्णय लिदैँ गठबन्धनमा समस्या पछि बिपक्षी दल बोल्न थाले, माधव नेपालले प्रचण्ड सरकारको भविश्यमा प्रश्न उठाए राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिन्छः प्रधानमन्त्री बिपक्षी दलवाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुंगो लागेन, बैठक भोली पनि बस्ने जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछः स्वास्थ्य मन्त्री पाल्पामा सडक दुर्घटनामा परी आमा छोराको मृत्यु राष्ट्रियसभा उपाध्यक्ष चयनः बिपक्षी दलको बैठकवाट माधव नेपाल निस्किए प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता, उच्चस्तरीय संयन्त्रको बैठक अझै अनिर्णित लहिया, आइसीपी निर्माणको काम छिटो अगाडि बढाउने अर्थमन्त्री पौडेलको भनाई किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण एक दिन एउटा प्रकाशसँग अर्को दिन अर्को प्रकाशसँग विवाह भएपछि… वडाले जग्गा लिजमा लिएर किसानलाई दिने लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइँदै रुपन्देहीमा पूर्वाधार निर्माणसँगै दुर्घटना पनि बढ्यो, तिलोत्तमा सडकमा बढी दुर्घटना पटक-पटक स्थगित दुँदै आएको माओवादी स्थायी समिति बैठक अपरान्ह १ बजे बस्दै