ताजा अपडेट »

कन्टेनर डिपोमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा

मंगलबार, २४ जेठ २०७९, १२ : ३०
4 Shares

ढाका । बंगलादेशमा कन्टेनर डिपोमा लागेको आगो नियन्त्रणमा आएको छ । दक्षिणपूर्वी बन्दरगाह सहर चटगाउँबाट ४० किलोमिटर टाढा सीताकुण्डस्थित एउटा कन्टेनर डिपोमा लागेको आगो तीन दिनपछि अग्निनियन्त्रकहरूले नियन्त्रणमा लिएका हुन् । 

डिपोमा भएको आगालागी विस्फोटमा ९ अग्निनियन्त्रकसहित ४१ जनाको मृत्यु भएको छ । डिपोले सुरक्षा मापदण्ड नअप्नाएको अधिकारीहरूले जनाएका छन् । शनिबार लागेको सो आगो निभेको स्थानमा धुँवा र जलेका कन्टेनर ड्रोन फुटेजमा देख्न सकिन्छ ।

अधिकारीहरूले आगलागीको कारण पत्ता लगाएका छैनन । तर, डिपोभित्र विस्फोटक पदार्थको आशंका गरेका छन् । गृहमन्त्री असदुज्जमान खानले घटनाको अनुसन्धान थालिएको र दोषीलाई कारबाही गरिने बताएका छन् ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।