ताजा अपडेट »

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सोमबार, २३ जेठ २०७९, १५ : ३६
6 Shares

बारा । बाराको परवानीपुर गाउँपालिका–४ मा आज मोटरसाइकलको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भएकी ५५ वर्षीया गनजली देवी कोइरनी रहेकी छन् । 

ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बयोधा अस्पताल वीरगन्जमा मृत्यु भएको हो । चितवनबाट वीरगन्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००४ प ४२०० नम्बरको मोटरसाइकलले पैदल हिडिरहेकी कोइरनीलाई आज बिहान १० बजे ठक्कर दिएको हो । 

मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय परवानीपुरले नियन्त्रणमा लिएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।