२० माघ २०७९, शुक्रबार

Feb 3, 2023

भैरहवा । रुपन्देहीको रोहिणी खोलामा बस पल्टिदा मृतक मध्ये एक जनाको पहिचान अझैँ हुन सकेको छैन । जनकपुरबाट भैरहवा आउँदै गरेको यात्रुवाहक बस भैरहवा–परासी सडक खण्डअन्तर्गत रोहिणी पुलबाट आज आइतबार बिहान करिब साढे ४ बजे खोलामा खसेको थियो । 

Advertisement

खोलामा खसेका ३२ जना मध्ये ९ जनाको निधन भएको थियो ।  दुई जना बालक, ६ जना महिलासहित ३२ जना सवार बस दुर्घटनामा पर्दा एक महिलासहित ९ जनाको मृत्यु भएको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए ।

लु२ख ३८४१ नम्बरको यात्रुवाहक बस सवारमध्ये ९ जनाको मृत्यु भए पनि समाचार तयार पार्दासम्म एक जनाको पहिचान खुलेको छैन । ट्राफिक प्रहरी प्रमुख केसीका अनुसार मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका–४ का ६५ वर्षीया राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका–८ की ३७ वर्षीया तुलसी बस्याल, तिलोत्तमा–२, योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहट  चन्द्रनिगहपुरका २० वर्षीय दिनेश दास, बुटवल उपमहानगरपालिका–११ कालिकानगरका ४८ वर्षीया कृष्णप्रसाद बस्याल, बुटवल उपमहानगरपालिका–६ आदर्शनगर बस्ने ४० वर्षीया अरविन्द शर्मा, अरविन्द्रका बुवा ५० वर्षीया नागेन्द्र शर्मा र सितामणि भारतका ४५ वर्षीया सञ्जय गुप्ता रहेका छन् । मृत्यु भएका एक जना पुरुष अन्दाजी ३०–३५ वर्षको सनाखत हुन बाँकी छ । 

यात्रु मध्ये ४ जनाको भीम अस्पतालमा र ५ जना युसिएमएस मेडिकलमा मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ । चालक, सहचालक सहित घाइते यात्रुको भैरहवा स्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते मध्ये दर्जन बढीको अवस्था गम्भीर र अन्य यात्रुको अवस्था मध्यम रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।  

बाबु छोराको मृत्यु , एकै परिवारका ५ जना

बस दुर्घटनामा परि बाबु छोराको मृत्यु भएको छ । एकै परिवारका पाँच जना सवार बसमा अन्य तीन जना भने घाइते भएका । दुर्घटनामा ५० वर्षीया बुवा नागेन्द्र शर्मा र छोरा ४० वर्षीया अरविन्द्रको मृत्यु भएको छ । 

अरविन्द्रको श्रीमती सीता, छोरी ५ वर्षीया संदीपा र छोरा ४ वर्षीया यश शर्माको उपचार भइरहेको छ । सीताको इमरजेन्सी कक्षको स्पेसल केयर युनिटमा उपचार भइरहेको छ भने संदीपा र यशको इमरजेन्सीको सामान्य कक्षमा उपचार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । उनीहरू पाँचै जना जनकपुरमा रहेको घरमा विवाहका लागि गएका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा हुने राम कथा ३ दिन पछि सर्यो : माघ २४ देखि प्रवचन, २१ गतेदेखि नै भण्डारा विरगाथाका सदस्यलाई सहकारी शिक्षा शहकारी सञ्चालकको मनपरीले बचतकर्ताको रकम जोखिममा वाट्सएपमा ‘नेपाली केटी’ एपको प्रयोग गरी लाखौ रकम ठगी गर्ने ८ जना पक्राउ माधव नेपाललाई भेट्न नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : प्रधानमन्त्री लुम्बिनीबाट कुशिनगरसम्म बौद्धपरिपथ साईकल यात्रा शुरु बढ्दैछन् लागूऔषध दुर्व्यसनी शनिबार रुपन्देहीको तिलोत्तमामा रोटरीका सदस्य बीच ब्याडमिन्टन नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री नासुसनबीच भेटवार्ता गण्डकी प्रदेशसभाबाट दुईवटा अध्यादेश पारित पठान सफल हुँदा आमिर खान विस्थापित ! बैंकको चर्को ब्याजले बिस्थापित हुने अवस्थामा पुगेको ईट्टा व्यवसायीको चिन्ता कपिलवस्तुमा २१ लाखसहित तीन जना पक्राउ गाडी चलाउँदा चलाउँदै घनश्याम भुसाल बेहोस, सिभिल अस्पतालमा भर्ना सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वाेच्चको आदेश हेमन्त कान्छाको पिरतीमा विजय, निशा र चाहना सन्दिप लामिछानेलाई राष्ट्रिय टिममा राखेको विरोधमा सामाजिक सञ्जालमा