ताजा अपडेट »

बुटवलका सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याउँछौ : उपप्रमुख अर्याल

बुधबार, ११ जेठ २०७९, ०६ : ५८
9 Shares

बुटवल । बुटवलव उप महानगरपालिकाकी नव निर्वाचित उपप्रमुख सावित्रादेवीअर्यालले स्वास्थ्य क्षेत्रबाट आफ्नो पहिलो औपचारिक कार्यक्रम शुभारम्भ गरेकी छन् । मंगलबार शहरी स्वास्थ्य केन्द्र बुटवल वडा नम्बर ३ ले आयोजना गरेको नियमित टाईफाईड खोपको शुरुवात कार्यक्रममा स्वास्थ्कर्मीलाई भ्याक्सिन क्यारियर दिएर कार्यक्रमको औपचारिको शुरुवात गरेकी हुन् ।

सोमबार नगरको उपप्रमुखपदको सपथ लिएकी अर्यालले आफ्नै वडाबाट स्वास्थ्य जस्तो मानिसको महत्वपूर्ण आवश्यकताको बिषयबाट आफ्नो ५ वर्षे कार्यकाल शुरुवात गर्न पाएकोमा खुशी ब्यतm गरिन्। कार्यक्रममा बोल्दै अर्यालले बिशेषगरि बाल बच्चाहरुलाई जंगफुड खानबाट बचाउन घरमा आमहरुको भूमका महत्वपूर्ण हुने भएकाले त्यस तर्फ सचेत रहन आग्रह गरिन् । “बालबच्चाहरु संगै सबै नागरिकले घरमा बनाएको स्वस्थ खाना खाने बानी बसाल्यौ भने धेरै रोगहरुबाट बच्न सकिन्छ ” अर्यालले भनिन् ।

उनले नगरका सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउने गरि योजना बनाएर काम गर्ने जनाइन् । वडा नम्बर ५ का वडा अध्यक्ष हरि श्रेष्ठले स्वास्थ्यको बिषयमा टोलटोलमा सचेतना फैलाउन आवश्यक रहेको बताइन् । ‘बुटवलका १९ वडाहरुमा कस्ता कस्ता रोगहरुको समस्या छ ,त्यो पहिचान गरेर अगाडि बढ्नुपर्छ ।’ उनले भनिन् ।

वडा नम्बर ३ का वडा अध्यक्ष बिण्णु ढकालले वडामा कोही पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित नहुने बताइन् । ‘कसैलाई स्वास्थ्य सम्बन्धी समस्या पर्यो भने स्वास्थ्यकर्मी मार्फत हुन्छ वा वडामा आएर हुन्छ खबर गर्नुस हामी सेवा गर्न तयार छौ , उनले भनिन् । पूर्णखोप सुरक्षित भविष्य नाराका साथ नेपाल सरकारले अगाडि सारेको कार्यक्रम भएकाले १५ महिना देखि २४ महिनासम्मका सबै बालबच्चाहरुलाई अनिवार्य टाईफाईड खोप लगाउन शहरी स्वास्थ्य केन्द्रका प्रमुख मिन प्रसाद खनालले आग्रह गरे ।

कार्यक्रममा वडा नम्बर ३ का सचिव पुनम कुवँर , नव निर्वाचित जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य अधिकृत खिमबहादुर पौडेल , स्वास्थयकर्मी बिना ज्ञवाली, पुष्पा पौडेल, सीता भण्डारी, वडाका टोलबिकास सस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । टाइफाइडबाट प्रभाबित म’लकहरुको स’चिमा नेपालको नाम पनि अग्रपंतmीमा आउछ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत टाइफाइड खोपका निम्ति गाभीको सहयोग प्राप्त गर्न सफल नेपाल चौथो मुलुक हो ।

यसअघि पाकिस्तान, लाइबेरिया र जिम्बावेले गाभी र यसका साझेदार संस्थाहरूको सहयोग प्राप्त गरिसकेका छन् । टाइफाइड खोप कार्यक्रमका साथसाथै स्वास्थ्य शिक्षा, पानी र सरसफाईमा सुधार र स्वास्थ्यकर्मीहरूका लागि रोगको पहिचान र उपचार सम्बन्धी प्रशिक्षणमा पनि ध्यान दिन जरुरी रहेको सरोकारवालाको भनाई छ ।ग्लोबल बर्डन अफ डिसिजेज अनालिसिस २०१९ का अनुसार नेपालमा कम्तिमा ८२ हजार ४ सय ४९ टाइफाईडका बिरामीहरु रहेको अनुमान गरेको छ, जसमध्ये ६० प्रतिशत १५ वर्ष भन्दा कम उमेर समूहका बालबालिका रहेका छन् । सोही अध्ययनमा ९१९ जनाको मृत्यु भएको आँकलन गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।