ताजा अपडेट »

पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना, ३१ जना घाईते

शनिबार, ०७ जेठ २०७९, १९ : २५
8 Shares

परासी । पश्चिम नवलपारासोको बर्दघाटमा यात्रु बाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । घाइतेमध्ये केहिको अवस्था मध्यम र अधिकांश समान्य अवस्थामा छन् । गोरखाबाट लुम्बिनी आएर गोरखा फर्किन लागेको ग १ ख ५८९२ नम्बरको रिजर्भ बस दुर्घटना भएको हो ।

शनिबार आज साझ ५ बजेको समयमा बर्दघाट नगरपालिका –४ स्थित पुर्वपश्चिम राजमार्गको बर्दघाट दुम्किबास खण्डको खुर्सानीखोलामा बस दुर्घटना भएको हो । दुर्घटनामा घाइतेहरुको चिसापानी अस्पतालमा समान्य उपाचार पछि थप उपचारका लागी बुटवल पठाईएको छ । बस मा ३५ जना यात्रु रहेका थिए । बस दुर्घटनाको कारण भने खुलेको छैन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।