ताजा अपडेट »

कुटपिटबाट एक जनाको मृत्यु

विहीबार, ०५ जेठ २०७९, १२ : ३१
4 Shares

जाजरकोट ।  जुनिचाँदे गाउँपालिका–९ धडगाँउ बस्ने ३६ वर्षीय रेशम बहादुर खड्काको भलिबल खेल्ने क्रममा कुटपिट हुँदा बुधबार मृत्यु भएको छ । 

रेशम बहादुर, सोही ठाउँ बस्ने विर्ख बहादुर खड्का र चक्र बहादुर खड्कालाई मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने नरेन्द्र बस्नेत लगायत ४ जनाले कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट रेशम बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय जाजरकोट र ईलाका प्रहरी कार्यालय पञ्चलादहबाट खटिएको प्रहरीले उपचारको लागि सुर्खेततर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो । 

बस्नेत लगायत ५ जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।