१२ जेष्ठ २०७९, बिहीबार

May 26, 2022

काठमाडाैं । नेपाली सेयर बजार नेप्से बुधबार एकैदिन ५६ अंकले वृद्धि भएको छ। साताको पहिलो दिनदेखि बढ्न सुरु भएको सेयर बजारमा बुधबार ५६ दशमलव ०६ अंकले बढेर २३ सय ६९ दशमलव ०७ अंकमा पुगेर बन्द भएको छ ।  अधिकांश कम्पनीको सेयर मूल्यमा हरियाली छाउँदा नेप्से २ दशमलव ४२ प्रतिशत बढेको छ । नेप्सेमा बुधबार ५३ लाख ३३ हजार १ सय ९ कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब १६ करोड ३९ लाख ९० हजार रुपैयाँको कारोबार भएको छ ।

Advertisement

अघिल्लो सातासम्म घटेको सेयर बजार यो साताको सुरुवात आइतबारबाट निरन्तर उकालो लाग्दै आएको छ । साताको पहिलो दिन आइतबार २२ सय ३८ अंकबाट बढ्न सुरु भएको सेयर बजार बुधबारसम्म १३० अंकले बढेर २३ सय ६९ अङ्कमा पुगेको छ। बुधबार नेप्सेको  सेन्सेटिभ इन्डेक्स ९ दशमलव ५२ अंकले बढेर ४ सय ५६ अङ्कमा पुगेको छ । नेप्सेमा २२९ कम्पनी सेयर खरिदबिक्री हुँदा ९ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ भने २०९ कम्पनीले सेयरधनीले नाफा कमाएका छन् ।

सेयर बजारमा उछाल आउँदा बरुण हाइड्रो पावर कम्पनी, गणपति लघुवित्त, जल्पा सामुदायिक लघुवित्त, नेपाल फाइनान्स, नेशनल हाइड्रोपावर कम्पनी, राधी हाइड्रो सिनर्जी हाइड्रो ,युनियन , र युनिभर्सल पावर कम्पनीले १० प्रतिशतको सकारात्मक सर्किट हानेका छन् । नेप्सेमा जम्मा ९ कम्पनीका सेयरधनीले गुमाएका छन् ।

नेप्सेको सब इन्डेक्स तर्फ नन् लाईफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै २४३ अंकले वृद्धि भएको छ भने लाईफ इन्स्योरेन्स, डेभलपमेन्ट बैंक , हाइड्रो पावर कम्पनी, माइक्रो फाइनान्स सेक्टरमा १०० अङ्क बढीको वृद्धि भएको छ।   

प्रतिकृया दिनुहोस्

Flash News

ओलीले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक खोजेपछि प्रकाशमानले दिए जवाफ निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भाे: झलनाथ शुक्रबारबाट क्यूएफएक्ससहित देशभरका हलमा ‘कबड्डी-४’ सत्तारुढ गठबन्धनले नेपालको स्वतन्त्र र असंलग्नता परराष्ट्र नीति परित्याग गरेको हो : रावल दश महिनामा एक अर्ब २१ करोडको फेसमास्क नेपाल भित्रियो इपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीको आग्रह विद्यालय जाँदै गरेकी बालिकामाथि बलात्कार प्रयास वाइडबडी र सुनकाण्ड छानबिन गर्न सरकारलाई ओलीको चुनौती आगोले जलेकी विरामीलाई छाडेर फर्कियो बुद्ध एयर, चर्को आलोचनापछि प्रस्टीकरण हवाइजहाजको टिकट पाउन पनि शक्ति केन्द्रको भर ३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते ? परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएकाे ओली आराेप एमाले सत्यसँग लड्दैन, शक्तिसँग झुक्दैन : ओली विश्वव्यापी मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो : ओली त्रिवि शिक्षण अस्पतालमा एमबीबीएसमा भर्ना गरिदिन्छु भन्दै १७ लाख ठगी विदेश पठाई दिन्छु भनि २५ लाख ठगी गर्ने एक जना पक्राउ निर्वाचनमा प्रतिपक्षी दलमाथि सरकार निर्मम ढंगले प्रस्तुत भएको ओलीको आरोप अस्वस्थ भएपछि ओलीले प्रतिनिधिसभामा बसेरै गरे सम्बाेधन प्युठानमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु