ताजा अपडेट »

बुटवल-१३ मा एमालेको र्याली : आफ्ना उम्मेदवारलाई जिताउन आग्रह

मंगलबार, २७ बैशाख २०७९, १६ : ५०
6 Shares

बुटवल । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज बुटवल उपमहानगरपालिका— १३ मा र्याली निकालेको छ । आफ्ना उम्मेदवारलाई जिताउन मतदातासँग आग्रह गर्दै बुटवलको जितगढीदेखि र्याली निकालिएको हो । र्यालीले झोलुङ्गेपुल, बेलवास, नयागाउँ, बोहोरा कलौनी, पहेलो भित्ता, सुन्तली चोक, सालघारी, बदेँलपोखरी लगायत वडाका विभिन्न स्थान हुँदै पितृथानमा पगेर समापन भएको एमाले जिल्ला कमिटी सदस्य जमुना सुवेदीले जानकारी दिनुभयो । र्यालीलाई वडाका स्थानीयले चोकचोकमा स्वागत गर्दै जितको शुभकामना दिएका थिए ।

र्यालीलाई सम्बोधन गर्दै नेकपा एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसीले बुटवलको विकासका लागि एमाले नेतृत्वको विकल्प नभएको बताए। बुटवलमा सञ्चालित योजनालाई पूर्णता दिन र नयाँ योजना शुरु गरेर यो क्षेत्रको मुहार फेर्न एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरे । “गठबन्धनका उम्मेदवारसँग विकासको कुनै भिजन छैन, तयसैले एमाले उम्मेदवारका पक्षमा मदतान गरौँ”, अध्यक्ष केसीले भने।
एमालेको जितलाई कसैले रोक्न नसक्ने बताउँदै उनले १६ वटै स्थानीय तहमा विजयीको नजिक पुगेको बताए । “हामी जितको नजिक पुग्न थालेपछि गठबन्धन दल आत्तिएका छन् यीनीहरुले हाम्रो उम्मेदवारमाथि आक्रमण उत्रिएका छन् । त्यसैले हामी सुरक्षित भएर हामी अगाडि बढ्नुपर्छ”,। उनले कांग्रेसले मतदाताको विवेक किन्ने प्रयत्न गरेको भन्दै सचेत रहन मतदातालाई अनुरोध गरे ।
“कांग्रेसले जहाँ श्रमजिवी वर्ग बस्छन् त्यहाँ गएर मत किन्ने प्रयास गर्दैछन् । तर, हामी विवेकलाई पैसाले किन्दैनौ, हामी जनताको शिर निहुरने काम गर्दैनौ , हामी जनताका सेवक हौँ”, उनले भने। एमाले सबै जाती वर्ग, भाषभाषीलाई सम्मन गर्ने पार्टी भएको जनाउँदै उनले संविधानले प्रदान गरेको अधिकार प्रयोग गरेर शान्तीपूर्ण ढंगले निर्वाचनमा लागेको बताए । “हामी परिवर्तनका संवाहक हौँ, गलत कामका विरुद्ध हामी सचेत छौँ, आस्थाका आधारमा विभेद गर्दैनौ”, केसीले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।