२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

बुटवल । जनता समाजवादी पार्टी, नेपालले रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिकामा चुनावी प्रचारप्रसारलाई आक्रामक बनाएको छ । पार्टीले व्यापक जनसहभागितासहित गाउँपालिकाको वडा नं. १ मा र्यालीसहितको चुनावी सभा सम्पन्न गरेको छ । सभालाई पार्टीका केन्द्रीय सदस्य मनिकर कार्कीले सम्बोधन गरेका थिए ।

Advertisement

सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य कार्कीले नेपाली जनताले राजादेखि पञ्चायतहुँदै काँग्रेस, राप्रपा, एमाले, माओवादीसमेतको शासन हेरेको हुँदा अब तिनीहरुबाट केही आशा गर्नु निरर्थक हुने बताउँदै देशको आर्थिक एवं सामाजिक रुपान्तरणको लागि नयाँ वैकल्पिक शक्तिको रुपमा जनता समाजवादी पार्टी खडा भएको बताए । उनले यसै निर्वाचनमार्फत शुद्धोधन गाउँपालिका जसपाका लागि नमूना गाउँपालिका बन्ने समेत उल्लेख गरे ।

जनताले पुराना शक्तिहरुको भ्रम र भयको राजनीति बुझिसकेकाले अब त्यसमा विश्वास नगर्ने बताउँदै उनले भने ‘पुराना पार्टीहरुले भ्रम र भयको राजनीति गरिरहेका छन्, अब जनताले त्यो बुझिसकेकोले अब जनता कसैका फोस्रा आश्वासन, भ्रम र लालचमा पर्नेछैनन्।’ त्यसैगरी चुनावी सभालाई सम्बोधन गर्दै पार्टीका जिल्ला अध्यक्ष राम अवतार यादवले २०६४ को मधेश विद्रोहबाट जन्मिएको जनता समाजवादी पार्टीले सबै शोषित, उत्पीडित र विभेदमा पारिएका समुदायहरुको हक, हित र अधिकारको रक्षा गर्दै उनीहरुलाई सम्मान दिलाउने बताए ।

त्यस्तै कार्यक्रममा जसपाका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार भरथरी यादव, वडा नंं १ का अध्यक्ष पदका उम्मेदवार उदयराज गडेरिया, वडा नं. ५ का वडा अध्यक्ष पदका उम्मेदवार बिपिन कुर्मी, वडा नं. ६ का अध्यक्ष पदका उम्मेदवार जयशंकर पाठक, गाउँपालिका कार्यसमितिका अध्यक्ष तौलेश्वर लोध, उपाध्यक्ष हरि प्रसाद पाल, वडा नं. १ कमिटी अध्यक्ष इस्लाम कलिमलगायतले बोल्दै शुद्धोधनको वडा नं. १ बाट जनता समाजवादी पार्टीले विजयीको खाता खोल्ने बताए । चुनावी सभा अघि व्यापाक जनसहभागिता सहित निस्केको जुलुसले जसपाले वडा नं. १ को शिशै चोक, चानपार, किसुली, चम्कीपुर, भगलापुर, बेलवालगायतका गाउँहरु परिक्रमा गरेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभामा तीन प्रतिवेदन पेश थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश