ताजा अपडेट »

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

आइतबार, २५ बैशाख २०७९, ११ : ३०
24 Shares

दाङ । दाङको घोराही उपमहानगरपालिका–११ भाइरल रोडमा गएराती मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा लमही नगरपालिका ९ रिहारका २४ वर्षीय सुनिल चौधरी रहेका छन् । रा २ प ६५ ३४ नम्बरको मोटरसाइकल गएराती १२ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा रातीनै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।