ताजा अपडेट »

कठिन परिस्थितिमा पनि जनातमाझ जाने प्रतिबद्धता

शुक्रबार, २३ बैशाख २०७९, २२ : ०५
33 Shares

सैनामैना । सैनामैनाका गठबन्धनका उम्मेदवारहरुले मतदाताहरुसंग कोख र शोकको अवस्थामा पनि जनतासंगै रहने प्रतिवद्धता जनाएका छन् ।घरदैलो गर्ने क्रममा नेपाली कांग्रेसका नगर प्रमुखका उम्मेदवार फणेन्द्रप्रसाद शर्मा र नेकपा माओवादीका उपप्रमुखका उम्मेदवार मानवहादुर महतले सैनामैनाका मतदातासमक्ष जस्तोसुकै कठिन परिस्थितिमा पनि आफूहरु मतदाताको माझ रहने प्रतिवद्धता जनाए।

नगर प्रमुखका उम्मेदवार फणेन्द्रप्रसाद शर्माले सैनामैनाका जनताका लागि खुसीको बेलाको कोख र दुःखको बेलाको शोकको अवस्थामा पनि संगै रहने प्रतिवद्धता जनाए।

उम्मेदवार शर्माले आफूहरुले मतदातासमक्ष पूरा गर्न नसकिने आश्वासन नबाँड्ने बताउँदै सैनामैनाको जनताको मन मस्तिस्कमा बस्ने सक्नेगरी काम गर्ने प्रतिवद्धता जनाए ।

एमालेको नेतृत्वले सैनामैनाका खोलानाला ध्वस्त बनाएको बताउँदै उहाँले प्राकृतिक श्रोत साधनको दोहन होइन संरक्षण गरिने बताए ।
सैनामैनामा कक्षा १२ सम्मको शिक्षा निशुल्क गर्ने प्रतिवद्धता दोहो¥याउँदै शर्माले आफूले स्वास्थ्य क्षेत्रबाट पनि केही समय जनताको सेवा गरेकोले सुत्केरी आमाको पीडा कस्तो हुन्छ भन्ने अन्तरह्दयबाटै महसुस गरेकोले उनीहरुलाई पोषणभत्ता उपलव्ध गराउने बताए।

त्यसैगरी सैनामैनाका उपप्रमुखका उम्मेदवार नेकपा माओवादी केन्द्रका मानवहादुर महतले सैनामैना नगरपालिकामा आम सर्वसाधारणको पहुँच पुर्याउने र जनताको दुःखमा सधै साथमै रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।