ताजा अपडेट »

बुटवलबाट गुल्मी जाँदै गरेको ट्रक दुर्घटना

विहीबार, २२ बैशाख २०७९, १० : ५५
10 Shares

पुर्तिघाट । बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको मालवाहक ट्रक दुर्घटना भएको छ । गुल्मीको पुर्तिघाटमा बिहीबार लु २ ख ८४९ नम्बरको ट्रक दुर्घटना भएको पुर्तिघाट प्रहरी चौकीका प्रमुख विष्णु बहादुर गाहाले जानकारी दिए ।

ट्रक कालीगण्डकी करिडोरको कालीगण्डकी गाउँपालिका ३ होसमारी खोलामा सडकबाट करिब १५ मिटर तल खसेको हो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।