ताजा अपडेट »

५ वर्षमा फेरिएको तिलोत्तमा

बुधबार, २१ बैशाख २०७९, १९ : २८
12 Shares

तिलोत्तमा । स्थानीय निर्वाचन–२०७४ मा नेकपा एमालेबाट बासुदेव घिमिरे तिलोत्तमाको नगर प्रमुखमा निर्वाचित भए। तत्कालीन निर्वाचनमा नेपाली काग्रेस र राष्ट्रिय जनमुक्ति पार्टीको गठबन्धनका नगरप्रमुखका उम्मेद्वार रामकृष्ण खाँणलाई पराजित गर्दै घिमिरे नेकपा एमालेको तर्फबाट नगरप्रमुखमा विजयी भएका थिए । तत्कालीन निर्वाचनमा नगरप्रमुख बासुदेव घिमिरेले १९ हजार ८४ मत प्राप्त गर्दा गठबन्धनका रामकृष्ण खाँणले १६ हजार २ सय ६८ मत प्राप्त गरेका थिए ।

यसरी गत निर्वाचनमा तिलोत्तमा बासीको मन जिते नगर प्रमुखमा विजयी भएका नगर प्रमुख घिमिरेले नगरको विकासमा शालिन, निडर र इमान्दार जनप्रतिनिधिको रूपमा आफूलाई स्थापित गराएका छन्। एउटा नगर प्रमुखमा हुनुपर्ने विशेषता घिमिरेमा देख्न सकिन्छ ।
यसैगरी २०७४ कै स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट जागेश्वरी देवी चौधरीले १९ हजार २ सय २४ मत प्राप्त गरी तत्कालीन नेपाली काग्रेश र राष्ट्रिय जनमुक्तिको गठबन्धनका उपप्रमुख पदका उमेदवार गिता सारू मगरलाई फराकिलो मतले पराजित गर्दै तिलोत्तमाको उपप्रमुखमा विजयी बनिन्। उपप्रमुख चौधरीले पनि यो पाँच वर्षको अवधिमा समग्र नगरको विकासमा आफूलाई शालीन, निडर र इमान्दार व्यक्तिका रूपमा प्रस्तुत गरिन्।

तिलोत्तमा नगरपालिकामा प्रमुख र उपप्रमुख सँगसँगै वडा नम्बर एक , दुई , तीन , चार , पाँच , छ , सात र आठमा अध्यक्ष पदमा नेकपा एमालेको जीत भएको थियो । त्यसैगरी वडा नम्बर एघार , बाह्र , तेह्र , चौध र पन्ध्र गरी १३ वडामा २०७४ को निर्वाचनमा नेकपा एमालेको जीत भएको थियो । भने वडा नम्बर नौ , दस , सोह्र र सत्रमा नेपाली काग्रेसले जीत हाँसिल गरेको थियो ।

नगरप्रमुख घिमिरेको नेतृत्वमा सिंगो टिमले नगरको विकासका लागि विभिन्न रचनात्मक र सृजनात्मक काम गरेको नगरबासीले अनुभूति गरेका छन् । त्यसैको फलस्वरूप नगर लगातार दुई पटक उत्कृष्ट नगरको रूपमा पुरस्कृत भयो । पहिलो पटक २०७७ चैैत्र ११ गते र २०७८ फाल्गुण २९ गते नेपाल नगरपालिका संघबाट नेपालकै उत्कृष्ट नगरको रूपमा पुरस्कृत भयो । यसले गर्दा साच्चिकै नगर विकास र उन्नतिमा अगाडि बढेको आभास नगरबासीले गरेका छन् ।

तिलोत्तमा नगरमा धेरै विकास निर्माणका कामहरू समपन्न भएका छन् । साना ठूला गरि यहाँ धेरै कामहरू भएका छन् । समुन्नत सुरक्षित र वातावरणमैत्री सुन्दर शहर शुसासनयुक्त पर्यटकीय तिलोत्तमा नगर भन्ने दीर्घकालीन सोचका साथ नगरले भौतिक तथा सामाजिक विकास निर्माणका काम योजनावद्द रूपमा गरेको छ । तिलोत्तमा नगरपालिका स्थानीय तहको कानुन निर्माण गर्ने पहिलो स्थानीय तह हो । नगरले १०९ नीति एन नियम निर्देशिका कार्यविधि निर्माण गरेको छ । नगरले काठमाडौं बाहिर पहिलो पटक ऐतिहासिक लगानी सम्मेलन गरेको छ । जहाँ १६ अर्बभन्दा बढीको लगानी प्रतिवद्दता आएकोमा विभिन्न परियोजना कार्यान्वयनको चरणमा रहेका छन् ।

पाँच वर्षे अवधिमा साना ठूला गरी करिब ५०० किलोमिटर सडक कालोपत्रे भएका छन् भने सोही अनुपातमा सडक ग्राभिलिङ गरिएको छ । तिलोत्तमा रिङरोडको निर्माण र स्तरोन्नति अघि बढेको छ । सबैको सक्रियतामा नगरलाई शून्य प्लास्टिकमुक्त नगर बनाइएको छ । नगरको मध्य भागमा रहेको मुख्य राजमार्गको छेउछाउमा विभिन्न प्रकारका फूलहरूले नगर अझ रमणीय र सुन्दर बनेको छ । नगरका बाटाघाटा र विभिन्न स्थान सफा बनाउन सरसफाइका कर्मचारी खटाइएको छ । भने महिनाको दुई पटक स्वयम् स्थानीयको सक्रियतामा गाऊँ टोल सफा गरिन्छ । समयसमयमा नगरप्रमुख , उपप्रमुख वडा अध्यक्षलगायत जनप्रतिनिधि सक्रियताका साथ सरसफाइ अभियानमा लाग्ने गरेका छन् ।

तिलोत्तमा नगरपालिकालाई पर्यटकीय दृश्टिकोणले पनि अगाडि बढाइएको छ । नगरको वाड नम्बर एक र दूईमा फैलिएको प्रदेशकै परिचित र महत्त्वपूर्ण वनवाटिकामा आकर्षक बहुउद्देश्यीय भ्यू टावरको गत महिना मात्रै नेकपा एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गरेका थिए। जसबाट स्थानीयले रोजगारी र वनवाटिकाले अझ पर्यटक तान्ने आशा गरिएको छ । एक वाड एक रमणीय पार्क बनाउने उदेश्यअनुसार वाड नम्बर छ मा तिलोत्तमा पार्क , दशमा वेवरी पार्क , वाड नम्बर तेह्र र चौधमा बाउन्नकोटी पार्क , एतिहासिक नन्दभाउजू ताल , वार्ड नम्बर छ मा कुञ्ज पार्कजस्ता अन्य थुप्रै पार्कलाई रमणीय र स्तरवृद्दी गर्न नगरले चासो देखाएको छ ।

त्यसो त नगरका विभिन्न वार्डमा रहेका मठ मन्दिरहरूको संरक्षण गरेको छ । त्यसो त सामुदायिक विद्यालयप्रतिको दृष्टिकोण परिवर्तन गर्न नगर तल्लीन भएको छ । संस्थागत विद्यालयसरह सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि शिक्षकहरूलाई तालिम , एकै प्रकारको रङरोगन , कम्पाउण्ड , विद्यालय हाताभित्र मनोरम बगैँचा , डिजिटल हाजिरी , विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था , विद्यार्थीका लागि यातायातको सुविधा , एक विद्यालय एक नर्स दरबन्दी , जस्ता उल्लेखनीय काम शैक्षिक क्षेत्रमा भएका छन् ।

जसका कारण सामुदायिक विद्यालयमा पातलिएको विद्यार्थीको संख्यामा वृद्धि भएको छ । त्यसतै नगरप्रमुख छात्रवृत्ति कोषबाट नगरका प्रत्येक विद्यालयका एकएक जना विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरिएको छ । नगरका वर्थिङ सेन्टरमा सेवा लिने महिलाका लागि प्रोत्साहन भत्ता , गर्भवती महिलाको लागि निःशुल्क औषधि वितरण , सुत्केरीसँग उपप्रमुख कार्यक्रमजस्ता प्रभावकारी कामहरू भएका छन् ।

यसैगरी कृषितर्फ पशु प्राविधिक नियुक्ति गरि पशुहरूमा हुने विभिन्न समस्यालाई समाधान गरिएको छ । कृषिको लागत घटाएर विभिन्न बिउ–विजन मल लगाएतमा अनुदान दिएको छ । कृषकलाई दूधमा प्रतिलिटर एक रूपैया अनुदान उपलब्ध गराएको छ भने छाडा चौपायाको व्यवस्थापन , कृषियोग्य जमिन बाँझो राख्न नपाइने नियम बनाइएको छ ।

नगरपालिकाले नगरमा आवश्यक भौतिक संरचनालाई निर्माण गर्न उत्तिकै चासो देखाएको छ । खानेपानीको व्यवस्था बोरिङ सिञ्चाई , किरिया पुत्री भवन , सामुदायिक भवन , कभर्डहल , विद्युत पोल , नाली निर्माण , सार्वजनिक शौचालय , ढलनिकास , खरको छाना भएकालाई जस्तापाताको छानाको व्यवस्था जस्ता उल्लेखनीय काम गरेको छ ।

एक वार्ड एक स्वास्थ्य संस्थाको अवधारणा अनुसार हरेक वार्डमा आधारभूत स्वास्थसंस्था सञ्चालन भएका छन् । ज्येष्ठ नागरिकका लागि घरघरमै नगरले स्वास्थ सेवा उपलब्ध गराएको छ । कोभिड १९ को संक्रमितलाई घरघरमै पुगी स्वास्थ्य सामग्री वितरण गरि संक्रमितको मनोबल बढाउने काम नगरप्रमुख घिमिरे नेतृत्वकै सरकारले गरेको छ । त्यसैगरी सोही समयमा राहतका विभिन्न कार्यक्रमले नागरिकलाई राहतको महसुस भएको छ ।

नगरको वार्ड नम्बर चौधमा प्रदेशिकस्तरको बसटर्मिनलको डिपिआर निर्माण भएको छ । त्यस्तै चौधमै सिटी कलेज निर्माण सम्पन्न भएसँगै सम्न्धबनको लागि सिटिइभिटीसँग पहल भैरहेको छ । नगरले कृषिको लागत घटाउन कृषि उपजमा अनुदानको व्यवस्था गरेको छ । पशु प्राविधिक नियुक्ति गरि पशुपन्छीका समस्या समाधान , वीमा शुल्कमा ५० प्रतिशत अनुदान, छाडा चौपायाको नगरले व्यवस्थापन गरेको छ ।

कृषियोग्य जमिनलाई खण्डीकरण रोक्न सामुहिक , करारखेती जस्ता कार्यक्रम गरिएको छ । साथै खेतीयोग्य जमिन बाँझो राख्न नपाइने नगरले नियम बनाएको छ । हरेक वाडमा रहेका खेलकूद मैदान निर्माण गर्ने , भएका खेलमैदानलाई स्तरीय बनाइको छ । साना र मझौला उद्योगको प्रोत्साहनका लागि विना धितो ऋण उपलब्ध गराइएको छ । भने एकल महिलाको प्रोत्साहनका लागि १५% छुटको व्यवस्था गरिएको छ ।

वडा नम्बर १० मा साना उद्योगका लागि औधोगिक ग्रामको स्थापना भएको छ । वडा नम्बर १३ मा थारू संस्कृतिको संरक्षण गर्दै होम स्टे सञ्चालन गरिएको छ । उद्यमशीलताका लागि विभिन्न कार्यक्रम गरिएका छन् । नगरले सामाजिक सशक्तीकरणका कार्यक्रमलाई विशेष जोड दिएको छ । पुराना घरहरूलाई नक्साङ्कन प्रक्रियामा ल्याइएको छ भने नगरका हरेक घरमा एकरूपता ल्याउन कलरकोडको व्यवस्था गरिएको छ ।

तिलोत्तमा नगरपालिकामा खादा र व्याचलाई निरूत्साहित गरि फूलको प्रयोगलाई बढाएको छ । फूलमा व्यवसायिकता फस्टाउदो छ भने प्रदेशमै फूलको उत्पादनमा आत्मनिर्भर हुनका लागि गृहकार्य भैरहेका छन् । उपभोक्ताको अधिकारलाई स्थापित गर्न बजार अनुगमनलाई नगरले निरन्तरता दिएको छ । नदीजन्य वस्तुको अवैध उत्खनन रोक्न नियमित अनुगमन गरिदा नगरको आन्तरिक आयमा वृद्धि भएको नगरले जनाएको छ ।

प्रदेशमै पहिलो पटक आफ्नै स्रोतमा ट्राफिक लाइटको व्यवस्था गरिएको छ । गाउँनगरमा हुने हरेक साना ठूला काममा नागरिकलाई सकृय बनाउन १८९ वटा टोल विकास संस्था गठन गरिएको नगरका वरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेले जानकारी दिइन्। यसरी यी र यस्ता विभिन्न सृजनात्मक र रचनात्मक काम गरि पटक-पटक नगर उत्कृष्ट बनेकोमा स्थानीय देवी गिरी हर्षित छन् । उत्कृष्ट र चर्चित नगरको नगरबासी हुन पाएकोमा अर्का स्थानीय ज्ञानेश्वर पन्थले पनि खुसी व्यक्त गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।