ताजा अपडेट »

जन्ती सवार जिप दुर्घटना, ३ जनाको मृत्यु

सोमबार, १९ बैशाख २०७९, २३ : ०१
12 Shares

गोरखा । गोरखामा जन्ती सवार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सोमबार चितवनको जमुनापुरबाट जन्ती लिएर आएको बा.१४ च ७८१ नम्बरको जिप दुर्घटना सिरानचोक गाउँपालिका–७ आरुबोटे स्थित फिरफिरेभिरमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

रोकेर राखेको जिप अचानक अघि बढेर भिरबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । मृत्यु हुने तीनै जना पुरुष रहेका छन् । दुर्घटनापछि चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।