ताजा अपडेट »

खाल्डोमा गाडिएको अवस्थामा महिलाको शव फेला

शनिबार, १७ बैशाख २०७९, २० : ३३
6 Shares

इलाम। इलाम नगरपालिका-८ सिङफ्रिङमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । खाल्डोमा गाडिएको अवस्था भेटिएको शव उत्खनन गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताए । 

शव स्थानीय ३१ वर्षकी विनीता काफ्लेको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ । केही दिन अघिदेखि काफ्ले घरबाट हराएकी थिइन् । उनको परिवारले विनीता काफ्ले हराइरहेको भन्दै प्रहरीमा हुलिया सहित जाहेरी गरेको थियो । 

परिवारको जाहेरीको आधारमा खोजी गर्दा गाडिएको अवस्थामा उनको शव फेला पारेको हो । काफ्लेलाई हत्या गरेर खाल्डोमा गाडिएको हुनसक्ने आशङ्का छ । प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ । 

काफ्लेको शव अहिलेसम्म पोस्टमार्टम लागि समेत पठाइएको छैन । ‘घटना कम्लिकेटेड देखिए शव पोस्टमार्टम लागि धरान पठाउँछौ’, प्रहरी उपरीक्षक श्रेष्ठले भने,‘हामी हेर्दैछौ ।’-न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।