ताजा अपडेट »

अक्सिजन सिलिण्डर विष्फोटमा दुई जनाको मृत्यु

विहीबार, ०८ बैशाख २०७९, २१ : २८
12 Shares

काठमाडौं । बिहीबार विहान अक्सिजन सिलिण्डर विस्फोट हुँदा थप एक जनाको मृत्यु भएको छ  । योसँगै विस्फोटमा परि मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

ललितपुर महानगरपालिका–६ स्थित पाटन औद्योगिक क्षेत्रभित्र रहेको सागरमाथा अक्सिजन प्रालिमा अक्सिजन भर्ने क्रममा अचानक अक्सिजन सिलिण्डर विष्फोट हुँदा दुई जनाको बिहीबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा प्लान्टमा काम गर्ने भारत पश्चिम चम्पारम रतनपुरुवा गाउँ घर भएका ४५ वर्षीय वृज महतो र ललितपुर महानगरपालिका–१८ बस्ने भारत घर भएका २५ वर्षीय राज कुमार महतो रहेका छन् ।

वृज महतोको घटनास्थलमै र राज कुमारको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त घटनामा घाइते भएका अन्य छ जनाको पाटन अस्पताल र ग्वार्खोस्थित बि एण्ड बि अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् । 

घटनास्थलमा तत्काल प्रहरी टोली पुगेर उद्धारको कार्य गरेको थियो भने घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।