ताजा अपडेट »

खिस्टियन समाज बुटवलद्वारा मोटरसाइकल -याली

आइतबार, ०४ बैशाख २०७९, १८ : ५८
20 Shares

बुटवल । खिस्टियन समाज बुटवलको आयोजनामा इस्टर सन्डेको अवसरमा मोटर साइकल -याली सप्पन्न भएको छ। बुटवल योगीकुटीबाट सुरु भएको -याली बुटवल बजार परिक्रमा गरि लक्ष्मीनगर गेटमा समापन गरिएको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभा सदस्य बिनोद पहाडीले धार्मिक स्वतन्त्रता नागरिकको मौलिक हक भएको बताए । उनले नेपालको संविधानले धर्म निरपेक्षताको ग्यारेन्टी गरेकोले आफ्नो अधिकारको लागि जागरुक भएर लाग्नु पर्ने कुरा बताए।

लुम्बिनी खिस्टियन समाजका अध्यक्ष चित्र गुरुले प्रभु इशुको पुर्न उत्थान भएको दिन इस्ट्र सन्डे पबित्र दिन भएको बताए । कार्यक्रमलाई पास्टर गजेन्द्र शर्मा ढकाल, मुक्ति पौडेल, हरि रेग्मी बाबुराम बस्नेत,बिजय गौतम लगाएतले सम्बोधन गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।