ताजा अपडेट »

फिलिपिन्समा बाढीः मृत्यु हुने ६७ पुगे, अझै १५० बेपत्ता

विहीबार, ०१ बैशाख २०७९, १२ : ३२
6 Shares

मनिला । फिलिपिन्समा यसै साता आँधीपछि आएको बाढीपहिरोमा मृत्यु हुनेको संख्या ६७ पुगेको छ  । शक्तिशाली मेगी आँधीपछि आएको बाढीपहिरोमा  अझै केही हराइरहेका छन् । बाढीपहिरोबाट मध्यप्रान्त लेयते सबैभन्दा बढी प्रभावित छ । 

माटो र पानीको बहावले घरहरू जलमग्न छन् । अबुयोग नगरपालिकाको तटीय गाउँ पिलारमा १३ जनाको मृत्यु भएको र अझै १५० जना बेपत्ता भएको अबुयोगका मेयर लेमुएल ट्रायाले बताएका छन् । पहिरोले सडक बगाएपछि २५० जनालाई डुंगाबाट उद्धार गरिएको उनले जानाकारी दिए । बाढी प्रभावित बेबे शहरमा कम्तीमा ४८ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । त्यस्तै २७ जना अझै बेपत्ता भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

ठूलो संख्यामा मानिसहरू बेपत्ता भएकाले मेगीबाट मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।  अबुयोगका प्रहरी प्रमुख क्याप्टेन जेम्स मार्क रुइजले पिलारमा पीडितका लागि थप डुङ्गाको आवश्यकता रहेको बताए । ब्यूरो अफ फायर प्रोटेक्सनले फेसबुकमा पोस्ट गरेका तस्विरमा भवनहरु भत्किएको र केही पानीमा डुबेको देख्न सकिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।