ताजा अपडेट »

दृष्टिविहीनहरुका लागि गोलबल प्रतियोगिता प्रशिक्षण

सोमबार, २८ चैत्र २०७८, १९ : ३१
4 Shares

बुटवल । दृष्टिविहीन व्यक्तिहरुकाहरुका लागि गोलबल प्रतियोगिता प्रशिक्षण कार्यक्रम आज तिलोत्तमामा सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाको संरक्षण र दृष्टिविहीन क्रिकेट संघ लुम्बिीनीको आयोजनामा पशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

अपांगता भएका व्यक्तिकाका लागि पनि सपाङ्ग लागि जति खेलकूद आवश्यक छ त्यत्तिकै महत्व तथा आवश्यकता दृष्टिविहीन व्यक्तीहरुका लागि रहेको महसुस गरी प्रतियोगिता आयोजना गरिएको सस्थाका अध्यक्ष निर्मल पौडेलले बताए ।

जुनआशा र अपेक्षा सहित पशिक्षण कार्यक्रम आयोजना गरिएको थियो कार्यक्रम सोंचे भन्दा पनि धेरै सफल भएको भन्दै आगामी दिनमा पनि यस्ता खालका खेलकुद कार्यक्रम आयोजना गर्नका लागि सधै लागि पर्ने संस्थाकी सचिव समीक्षा ज्ञवालीले बताए ।

चार दिनसम्म सञ्चालन भएको पशिक्षण कार्यक्रममा दृष्टिविहीन तथा न्यून दृष्टिबिहीन अपांगता भएका १५ जना खेलाडीको उपस्थिती रहेको थियो । पशिक्षण कार्यक्रममा गीता रेग्मी र खेमराज सापकोटाले सहजीकरण गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।