ताजा अपडेट »

भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

शुक्रबार, २५ चैत्र २०७८, ११ : ५५
18 Shares

काठमाडौं ।  मोरङको उर्लाबारी नगरपालिका–४ आईतबारेमा बिहीबार बेलुकी पिकअप भ्यानको ठक्कटरबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक दमक नगरपालिका–३ का २७ वर्षीय राजन धिमाल रहेका छन् । घाइते भएका धिमालको उपचारको क्रममा उर्लाबारी स्थित अरनिको अस्पतालमा गएराती साढे ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

को १ च ६३ ९९ नम्बरको भ्यानले धिमालले चलाएको को ३२ प ६९ ३१ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी पौने ९ बजे ठक्कर दिएको थियो । ठक्कर दिने भ्यान सहित चालक ईलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।