ताजा अपडेट »

रुरुक्षेत्र गाउँपालिकामा एमाले उम्मेद्वारहरुको टुँगो केहि दिनमै लगाउने

मंगलबार, २२ चैत्र २०७८, १४ : ३७
16 Shares

रुरु । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा रुरुक्षेत्र गाउँ पालिका र मातहतका वडाहरुमा नेकपा एमालेको तर्फबाट पालिका अध्यक्ष उपाध्यक्ष वडाध्यक्ष र वडा सदस्यमा उम्मेदवारको हुने भन्ने विषयमा पार्टीको आन्तरिक तयारी तीब्र पारिएको छ ।

नेकपा एमालेको लाल किल्लाको रुपमा रहेको रुरुक्षेत्र गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका प्रमुख सहित २७ पदको विशाल स्कोर कायम गरेको नेकपा एमाले भित्र सबै पदहरुमा आकांक्षीहरुको संख्या धेरै हुनु स्वाभाविकै देखिन्छ ।मुख्यतया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सचिवालय सदस्य तथा रुरुक्षेत्रका पार्टी ईन्चार्ज हिमाल श्रेष्ठ, जिल्ला कमिटी सदस्य तथा रुरुक्षेत्र गाउँपालिकाका सहईन्चार्ज शेष नारायण पौडेल, एमाले रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष फर्सुराम ज्ञवाली र एमालेका नेता चक्रपाणी गौतमले दाबि गरेका छन् ।

यसैगरि उपाध्यक्षमा अनेमसंघका केन्द्रीय सदस्य तथा एमाले नेतृ लक्ष्मी देवि पन्त, जिल्ला समन्वय समितिकी उपप्रमुख तुल्सी श्रेष्ठ, एमाले जिल्ला सदस्य अन्जु केशि, जिल्ला सदस्य मिना गौतम र एमाले रुरुक्षेत्र गाउँ कमिटी उपाध्यक्ष लक्ष्मी ज्ञवालीले दाबि प्रस्तुत गरेका छन्। यो दाविलाई हेर्दा आकांक्षीहरुमा नयाँ अनुहार पनि देखिएका छन र युवा पुस्ता र पाका पुस्ता पनि दाबेदार छन । यसैगरि वडा तहमा पनि युवा र पाका पुस्ताकै दावेदारी छ। रुरुक्षेत्र गाउँपालिका वडा न १ मा रामलाल बिक, नवराज बिक, चिरन्जिवि ज्ञवाली, खेमराज ज्ञवाली, चन्द्रलाल कसजु, चुरामणी कँडेल ,यमनारायण भण्डारी, सुन्दर भण्डारी, नर बहादुर हमाल र होमनाथ ज्ञवालीको दावि छ भने वडा न २ मा घनस्याम अर्याल, हरि ज्ञवाली, माधव ज्ञवाली, देव वहादुर बिक र भुवन बराल आकांक्षी देखिएका छन ।

यसैगरि वडा न ३ थानपतिमा हुतराज गौतम, तिलक ज्ञवाली, मेघराज ज्ञवाली, लोकनाथ ज्ञवाली, बालकृष्ण ज्ञवाली, बैकुण्ठ श्रेष्ठ र ज्ञानेश्वर ज्ञवालीको वडाध्यक्ष पदमा आकांक्षी देखिएको छ । यसैगरी वडा न ४ बलेटक्सारमा तोयनारायण ज्ञवाली ,मोति प्रसाद श्रेष्ठ ,खगेन्द्र श्रेष्ठ ,नारायण केशि, रामचन्द्र गौतम ,कुल प्रसाद ज्ञवाली र इन्द्र मणि ज्ञवाली को वडाध्यक्षमा आकांक्षा देखिएको छ । यसैगरि वडा न ५ बम्घामा पदम श्रेष्ठ , बिरबल पुरी, लाल बहादुर खत्री र बिमल ज्ञवालीको आकांक्षा देखिएको छ भने वडा न ६ रिमुवामा रोमनाथ पौडेल, ज्ञान बहादुर काला, चेत बहादुर पछाइँ र कुल बहादुर रेगामीले वडाध्यक्षको उम्मेदवारमा आकाँक्षा राखेको स्रोतले बताएको छ । सबै पदहरुमा आकांक्षा राख्नेहरु पार्टी र पार्टीका जनवर्गीय सँगठनका जिम्मेवार पदमा रहेका युवा र पाका राजनैतिक कार्यकर्ता रहेका छन ।

गत स्थानीय निकायको निर्वाचनमा गठवन्धनका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार हरुलाई करिब बाह्र सयको अन्तरले पराजित गरेको नेकपा एमाले वडा न ५ मा हार बेहोरेको थियो । गाउँ पालिकाको अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्षका आकाँक्षि बिच विभिन्न तहमा सहजि करण गरिरहेको र दुईचार दिनमै उम्मेदवार हरुको टुँगो लगाई सक्ने पार्टी स्रोतले बताएको छ । एमाले पार्टीले उम्मेदवार चयनको उच्चतम प्रक्रिया सँगै वडा वडा टोलटोलमा सँगठन सुदृढीकरण र प्रचार अभियानलाई पनि सँगै सन्चालन गरेको छ ।

निर्वाचन आयोगको तथ्यांक अनुसार रुरुक्षेत्र गाउँ पालिकाको वडा न १ मा २ हजार ६ सय २ , वडा न २ ग्वादीमा २ हजार ३ सय ४६ ,वडा न ३ थानपतिमा २ हजार ३ सय ७९ वडा न ४ बलेटक्सारमा ३ हजार ९ सय ९७ वडा न ५ बम्घामा ३ हजार ७६ र वडा न ६ रिमुवामा २ हजार २ सय ५२ गरि जम्मा १६ हजार ५ सय ५२ मतदाता रहेका छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।