ताजा अपडेट »

लुम्बिनीमा विद्युतीय सार्वजनिक बस चलाउँदै सुन्दर यातायात

शनिबार, १९ चैत्र २०७८, २२ : २२
18 Shares

बुटवल । रुपन्देहीमा विद्यतीय सार्वजनिक बस सञ्चालनमा आउने भएका छन् । सुन्दर यातायात प्रा.लि.ले यस क्षेत्रमा पहिलो पटक विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी गरेको छ । तयारी गरेको सुन्दर यातायात प्रालिले विद्युतीय कार, मोटरसाइकल र स्कुटर समेत बिक्री वितरणको तयारी गरेको छ।

प्रा.लि.ले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी विद्युतीय बस सञ्चालन गर्ने बारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा प्रा.लि.का अध्यक्ष भेष बहादुर थापाले आगामी वैसाखदेखि नियमित रुपमा बस सञ्चालन गर्ने बताए । उनले पहिलो चरणमा २ वटा बस सञ्चालन गरी थप्दै जाने समेत जानकारी गराए ।

उक्त बस सेवाको केही दिन अगाडि पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुभारम्भ गरेका थिए । प्रालिले बुटवल,भैरहवा,लुम्बिनी,सैनामैना, लगाएत लुम्बिनी प्रदेशका प्रमुख शहरहरु जोड्ने गरी विद्युतीय सार्वजनिक बस सञ्चालन गर्ने तयारी गरेको समेत जनाएको छ ।

अध्यक्ष थापाका अनुसार लुम्बिनी प्रदेशमा सञ्चालन हुने विद्युतीय बसहरु तत्कालका लागि रुपन्देही, कपिलवस्तु र नवलपरासीका केही क्षेत्रमा सञ्चालनमा आउने छन् भने दोस्रो चरणमा नेपालगञ्जमा पनि सञ्चालनमा आउने छन्।

हाल रुपन्देहीको बुटवल—सिद्धार्थनगर र बुटवल—सालझण्डी हुँदै कपिलवस्तुको जितपुरसम्म तथा बुटवलदेखि नवलपरासीको सुनवल हुँदै बर्दघाटसम्म सञ्चालन हुने प्रा.लि.का सञ्चालक डि.आर.घिमिरेले बताए ।

प्रा.लि.ले विद्युतीय बस सञ्चालन,कार,मोटरसाइकल तथा स्कूटर बिक्री वितरणसँग इन्धनले चल्ने सवारी साधनलाई समेत विद्युतीय सवारी साधनमा रुपान्तरण गर्ने जनाएको छ।

प्रा.लि.का अध्यक्ष थापाले भने ‘हामीले सवारी धनीले चाहेको खण्डमा डिजल वा पेट्रोलबाट चल्ने सवारीलाई समेत बिद्युतीय सवारी बनाउने अनुमती पाएका छौं त्यसका लागि सवारी धनीले केही सर्तहरु भने पूरा गर्नु पर्दछ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।