ताजा अपडेट »

७० लाखसहित एक युवा प्रहरी फन्दामा

बुधबार, २६ माघ २०७८, १२ : ४३
6 Shares

काठमाडौ । काठमाडौं महानगरपालिका–१६ बालाजु बाईपासबाट स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका–३ चाउथे घर भएका २९ वर्षीय नवराज ढुंगाना छन् । उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।