ताजा अपडेट »

राष्ट्रियसभा निर्वाचन सुरक्षाकाे जिम्मा प्रदेश प्रहरीलाई

सोमबार, १० माघ २०७८, २१ : ४०
4 Shares

काठमाडौं । यहीँ माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशका प्रदेश प्रहरी कार्यालयले आवश्यकता अनुसार प्रहरी परिचालन गर्न सक्ने नेपाल प्रहरी कार्यालयले जनाएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि केन्द्रीय सुरक्षा र योजना नबनाएको नेपाल प्रहरी कार्यालय नक्सालका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले बताए ।

‘यही माघ १२ गते सातवटै प्रदेशमा राष्ट्रियसभा निर्वाचन हुँदैछ । उम्मेदवार भएका ठाउँहरुमा मतदाताको सङ्ख्या धेरै छैन,’ उनले भने, ‘त्यसकारण राष्ट्रिय सभा निर्वाचनका लागि केन्द्रीय सुरक्षा र योजना बनाएको हुँदैन । प्रदेशअन्तर्गत योजना बनाइएको छ ।’
सातै प्रदेशका प्रदेश प्रहरी कार्यालयले आवश्यकता अुनसार प्रहरी परिचालन गर्ने व्यवस्था गरिएको छ ।

राष्ट्रियसभामा रिक्त हुन लागेका १९ सिटका लागि सात वटै प्रदेशमा माघ १२ गते बिहान ९ देखि ३ बजेसम्म मतदान हुँदैछ । निर्वाचनमा नौ दलका ४३ जना उम्मेदवार छन् । प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि निर्वाचन हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।