ताजा अपडेट »

'अपाङ्गता भएकै कारण क्षमता भएकाले पनि रोजगार पाउन गाह्रो'

बुधबार, ०५ माघ २०७८, १४ : ३८
8 Shares

बुटवल । अपाङ्गता भएकै कारण योग्य व्यक्ति हुँदा समेत रोजगारीको अवसरमा नपाउने गरेको पाइएको छ । एक सर्वेक्षणका अनुसार योग्य व्यक्तिले पनि आपाङ्गताकै कारण रोजगारमुक्त बन्ने पर्ने समस्या रहेको तथ्याङ्क भेटिएको हो ।

एक्सिस प्लानेटले गरेको सर्वेक्षेण अनुसार कोभिडको दोस्रो लहरपछि ८१ प्रतिशत अपाङ्गता भएकाहरु योग्य भएपनि रोजगारी नपाएका हुन् । अपाङ्गता भएका युवा महिलाहरुको आर्थिक र रोजगारको स्थिती सार्वजनिक गर्दै एक्सिस प्लनेट्की उपाध्यक्ष सिर्जना ढकालले शिक्षण, सहकारी, बैंकिङ, मनोपरामर्शदातामा अपाङ्गता भएकाहरुको सहभागिता भएपनि तलबमा विभेद गरेको बताइन् । त्यस्तै कोभिडका कारण २१ दशमलव ७८ प्रतिशतले रोजगार गुमाउनुका साथै आफ्नै शारिरीक कारणले १९ दशमलव ४ प्रतिशत बेरोजगार हुनु परेको उनले बताइन् ।

अपाङ्गता भएकाहरु स्थानीय सरकारमा सहित प्रशासनमा ४२ प्रतिशत, गैर सरकारी संस्थामा १२ दशमलव ८६ र निजी क्षेत्रमा ११ प्रतिशतले रोजगारी पाएको उक्त सर्वेक्षणले देखिएको छ । कतिपय अपाङ्गता भएकाहरुले विज्ञापनमा सहज पहुंच नहुँदा पनि रोजगारीबाट बञ्चीत हुनु परेको सर्वेक्षणले देखिएको छ ।

रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले शारिरीक बनोटभन्दा पनि अपाङ्गताको योग्यता र क्षमताका आधारमा रोजगारी दिन सबैलाई आग्रह गरे । अहिले निजी क्षेत्रमा अपाङ्गता भएकाहरुले धेरै रोजगार पाइरहेको बताउँदै अपाङगता भएकै कारण समान योग्यता भएपनि तलबमा हुने विभेदलाई निर्मुल पार्न सबैलाई आग्रह गरे । पब्लिक स्पीकर बावुराम बञ्जाडेले अपाङ्गता भएकाहरु सक्षम र योग्य भएकाले हेपायको दृष्टिकोणमा परिर्वतन जरुरी रहेको बताए । व्यावसायी गोपाल घिमिरेले अपाङ्गता भएकाहरुमा उद्यमशिलताको विकास अझै बढाउनुपर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।