ताजा अपडेट »

रातीमा गैँडा देखिएपछि स्थानीय त्रसित

बुधबार, ०५ माघ २०७८, ११ : २०
4 Shares

परासी । पुर्वी नवलपरासीको बिनयी त्रिबेणि गाउँपालिका वार्ड न ६ रानीनगर बजारमा गैँडा देखा परेको छ । रानीनगर बजारमा जडान गरेको सिसि टिभी क्यामेरामा बिहानको करिब ३ बजे तिर रानीनगरको पुल हुदै बजार तर्फ गैंडा प्रवेश गरेको देखिएको छ ।

क्यामेरामा कैद भएको गैँडा देखिएपछि रानीनगर बजार क्षेत्रका ब्यापारि र स्थानीयहरुमा एक किसिमको त्रास पैदा भएको स्थानीय गोबिन्द शर्माले बताएका छन् । स्थानीयको अनुसार सो गैंडा राष्ट्रिय निकुञ्ज या मध्यवर्ती बनबाट गाउँतिर आएको हुनु पर्ने अनुमान गरिएको छ ।

स्थानीयले बजार क्षेत्रको क्यामेरामा गैंडा देखेपछि ईलाका प्रहरी कार्यालय त्रिबेणिलाई खबर गरेको र स्थानीयको खबर पाउन साथ सो स्थान तर्फ प्रहरी गएर बुझ्दा अहिले गैँडा देखा नपरेको या अन्य स्थान तर्फ गइसकेको हुनु पर्ने ईलाका प्रहरी कार्यालय त्रिबेणिले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।