ताजा अपडेट »

शुभारम्भको एकदिन अगाडि बुटवलको डान्स क्लबमा आगलागी, नियन्त्रणमा आउन सकेन

शुक्रबार, ३० पुस २०७८, १४ : ३६
4 Shares

बुटवल । बुटवलको प्लान बी डान्स क्लबमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । शनिवार शुभारम्भ गर्ने तयारी रहेको बुटवल स्थित सिद्धार्थ कटेजको साइडमा निर्माणधिन रहेको प्लान बी डान्स क्लबमा शुक्रबार मध्यान्हतिर आगो लागेको हो ।

लागलागी नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाको दमकल आएका छन् । अहिले पनि प्रहरी, सेनाले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।