ताजा अपडेट »

बुटवल उपमहानगरमा विभिन्न ३० प्रकारका निःशुल्क सीपमूलक तालिम

विहीबार, २२ पुस २०७८, २१ : १४
4 Shares

बुटवल । बुटवल उपमहानगरले सञ्चालन गरेका मेयर युवा इलम र उपप्रमुख महिला उद्यमशिलता विकास प्रबर्द्धन कार्यक्रमका सहभागीलाई आवश्यक उपकरण औजार तथा प्रमाणपत्र वितरण गरिएको छ ।

यसैरी आजैदेखि एसी र फ्रिज बनाउने छोटो अवधिको तालिम सुरु भएको छ । उपमहानगरले सञ्चालन गरेकाविभिन्न सीपमूलक तालिम लिएका करिब तीन हजार मध्ये अधिकांशले सीपलाई व्यवसाय र उद्यममा परिणत गरेका छन् । नर्सरी सञ्चालन, कौसी तरकारी खेती, जैविक मल उत्पादन, ढाका बुनाइ लगायतका तालिम सञ्चालन गरिएको उपमहानगरले जनाएको छ । यस्तै कफीका परिकार, हातेबुनाइका सामग्री उत्पादन, बुटिक तथा पार्लर सञ्चालन, हेयर कटिङ तथा फेशन डिजाइनिङ, डेरि तथा दुग्धशाला सञ्चालन, फास्टफूड सञ्चालन देखि हेवी इक्वीपमेण्ट मर्मत र सञ्चालन गर्ने लगायतका करीब छोटो र लामो अवधिका ३० प्रकारका सीपमूलक तालिम सञ्चालनमा आएको छ ।

यस कार्यक्रम अन्तर्गत  आधारभूत र विशिष्ट गरि दुबै प्रकारका तालिम सञ्चालन गरिएको छ । बुटवल उपमहानगरले बीटीआई र यूएनडीपीको सहकार्यमा नयाँ व्यवसाय तथा उद्यम सञ्चालन गर्न सीप सिकेकालाई आवश्यक औजार समेत प्रदान गर्दै आएको छ । बिहीबार मात्रै करिब आठ लाख रुपैयाँ बराबरका औजार प्रदान गरिएको छ ।

उपप्रमुख गुमादेवी आचार्य, यूएनडीपीका लुम्बिनी-गण्डकी प्रदेश प्रमुख सुदीप अर्याल, उपमहानगरका आर्थिक महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेल, बीटीआइका बिजनेस तथा प्रशासन प्रमुख चन्द्रबहादुर क्षेत्री, उपमहानगरका उद्योग, पर्यटन तथा बाणिज्य शाखाका ठगिश्वर पोखरेल, बीटीआइका इन्जिनियर मनोजरत्न भुसाललगायतले संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।