ताजा अपडेट »

भारतीय सेनाको अपहरण शैलीमा एक नेपाली पक्राउ

सोमबार, ०४ कार्तिक २०७६, १२ : १४
8 Shares

कात्तिक ४ ,

कपिलवस्तु । भारतको सशस्त्र सीमा सुरक्षा बलले हिजो साँझ एक जना नेपालीलाई अपहरणशैलीमा भारत तर्फ लगेका छन् । जिल्लाको मायादेवी गाउँपालिका – १ पकडी चौराहाबाट ६ जनाको संख्यामा आएको भारतीय प्रहरीको टोलीले गाउपालिका – ४ का ४० वर्षका रमजान मुसलमानलाई भारतीय नम्बर प्लटेको स्कार्पियो गाडिमा भारत तर्फ लगेको प्रत्यक्षदर्शीले बताए ।

रमजानलाई लवनीको बाटो हुँदै हथिहवा दोहनी हुँदै भारतीय बजार भगवानपुर तर्फ लगिएको प्रत्यक्षदर्शीले बताएका छन् । रमजालई के कारणले लगिएको हो भन्ने विषय स्पष्ट हुन सकेको छैन । प्रहरी नायब उपरिक्षक सुनिल मल्लले भारतमा गरिएको १० लाख चोरीको मुद्दामा रमजानलाई पक्राउ गरेर लगिएका घटना सुनिएको बताए । विगत चार दिनदेखि भारतीय प्रहरीको टोली तौलिहवा स्थित होटल शंकरमा बस्दै आएका थिए । स्थानीयका अनुसार रमजानलाई बिगत दुई वर्षदेखि भारतीय प्रहरीले पक्राउ गर्न खोजेको थियो । त्यसकालागि पटक पकट भारतीय प्रहरी अभिराव र आसपासका गाउँ समेत आउने गरेको थियो । घटना विषयमा बुझ्ने काम भइरहेको प्रहरी नायब उपरिक्षक मल्लले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।