ताजा अपडेट »

मत गनिनसक्दै कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

विहीबार, ०१ पुस २०७८, १५ : २२
8 Shares

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । मत गनिनसक्दै थापा र शर्मा महामन्त्रीमा विजयी भएका हुन् । महाधिवेशनमा ४६ सय ७९ मत खसेको थियो । अहिलेम्म ४३ सय ९० मत गनिसकिएको छ । अब साढे दुई सय मत गन्न बाँकी छ ।

थापा डा.शेखर कोइराला र शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थिए । सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका डा.प्रकाशशरण महत र प्रदीप पौडेल दुवै पराजित भएका छन् । कोइराला प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका डा.मिनेन्द्र रिजाल पनि पराजित बनेका छन् । उनी मत परिणामका आधारमा चौथो स्थानमा छन् ।

विमलेन्द्र निधिको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका डा.राजाराम कार्कीले सय मत कटाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।