ताजा अपडेट »

कांग्रेस महामन्त्रीको ३१२० मतगणना: गगनको जित पक्का, कसको कति मत ?

विहीबार, ०१ पुस २०७८, १४ : ०९
8 Shares

काठमाडौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत बिहीबारदेखि सुरु भएको महामन्त्री पदको मतगणना जारी रहेको छ । निर्वाचन समितिका अनुसार ३१२० मतपत्र गन्दा गगन थापाले सर्वाधिक २०३७ मत पाएका छन् ।

यस्तै विश्वप्रकाश शर्माले १२५५ मत ल्याएका छन् भने प्रदिप पौडेलले ९३५ मत प्राप्त गरेका छन् । मतगणनामा गगन–विश्वप्रकाशले अग्रता बढाउँदै लगेका छन् । 

यस्तै प्रकाशशरण महतले १०२४ र मीनेन्द्र रिजालले ५४६ मत पाएका छन् ।  यस्तै राजाराम कार्कीले ७५ मत ल्याएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।