ताजा अपडेट »

मणिउजेशद्वारा असहाय बालबालिकालाई सहयोग

मंगलबार, २१ मंसिर २०७८, ११ : ०३
4 Shares

बुटवल । लायन्स क्लव अफ बुटवल मणि उजेशले अनाथ तथा असहाय बालबालिकाहरुलाई बुटवलको एक सुपर मार्केटमा बजार गर्न तथा सामग्री खरिदमा सहयोग गरेको छ । बुटवलको भाटभटेनी सुपर मार्केटमा लगेको अनाथ तथा असहाय दुई दर्जन बालबालिकाहरुलाई उनीहरुको रोजाईमा आवश्यक सामग्री खरिदमा सहयोग गरेको हो ।

क्लवले क्रियटिभ ईन्ष्टिच्युट नेपाल मंगलापुरका अनाथ तथा असहाय बालबालिकाहरुलाई केही आर्थिक सहयोग दिएर उनीहरुले चाहेको खानेकुरा तथा आवश्यक सामग्री किन्न आर्थिक सहयोग गरेको क्लवका अध्यक्ष प्रविना घिमिरेले जानकारी दिए । भोक लागेका बालबालिकाहरुलाई ‘भोग मेटाउने तथा खुशी बनाउ कार्यक्रम’ अन्तरगत भाटभटेनी सुपर मार्केटमा बालबालिकाहरुलाई खाजा र आवश्यक सामग्री किन्न कार्यक्रम गरेर सहयोग गरिएको अध्यक्ष घिमिरेले बताए ।

अनाथ तथा असहाय बालबालिकाहरुलाई बाहिरी वातावरणमा घुलमिल गराउन तथा खुशी आदानप्रदान गर्नका लागि भाटभटेनीमा कार्यक्रम गरिएको लायन्सका रिजनल चियरप्रशन तथा कार्यक्रम निर्देशक सृष्टि गुरुङ्गले जानकारी दिए । क्लवले बालबालिकालाई प्रतिब्यक्ति ५ सय रुपैया दिएको थियो भने उक्त रकमले बालबालिकाहरुले आफुलाई मन पर्ने विस्कुट, हर्लिक्स, हेयर वयल, सेम्फु, साबुन लगायतका सामग्री खरिद गरेको कार्यक्रम निर्देशक गुरुङ्गले बताए ।

कार्यक्रममा लायन्स क्लव ईन्टरनेशनलका सेकेण्ड डिष्ट्रिक गर्भनर नवराज न्यौपाने, एरिया चिफ जिवन गौतम, जोनचियर प्रशन नेहा अग्रवाल, क्रियटिभ इन्ष्टिच्युट नेपालका प्रतिमा पौडेल, संजिवना आचार्य, शैलेजा श्रेष्ठ, सुस्मीता श्रेष्ठ, सृजना श्रेष्ठ लगायतले बालबालिकाहरुको खुशीमा केही समय भएपनि निकाल्नु पर्ने बताए । विभिन्न समयमा अनाथ तथा असहायलाई सहयोग गर्दै आएको क्लवले बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।