ताजा अपडेट »

हुम्लामा हेलिकोप्टरमा खाद्यान्न ढुवानी

मंगलबार, १४ मंसिर २०७८, १० : ३३
10 Shares

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको लिमीमा सोमबारदेखि खाद्यान्न ढुवानी थालिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश आर्चायका अनुसार चीनसँग जोडिएको हिल्सा नाका दुई वर्षदेखि बन्द रहनुका साथै लिमीका लागि खाद्यान्न ढुवानी नभएपछि यहाँ भोकमारीको खतरा देखिएको थियो । हेलिकोप्टरमा सिमकोट र हिल्साबाट खाद्यान्न लिमी पुर्याइएको हो । लिमीका लागि ५०२ क्विन्टल खाद्यान्न ढुवानी गरिने बताइएको छ ।

पुनः आज सिमकोट र हिल्साको खाद्यान्न ढुवानी गरिने प्रजिअ आचार्यले जानकारी दिए । लिमी, हल्जी, तील, जाङ र हल्जीमा ढुवानी गरिएको खाद्यान्न वितरण गरिने वडाध्यक्ष पाल्जोर तामाङले बताए । खाद्यान्न अभाव भएपछि स्थानीय प्रशासनलाई गुहार्न लिमीबाट २७ सदस्यीय टोली सिमकोट आइपुगेको थियो । खाद्यान्न ढुवानीका लागि पहल गर्न सङ्घीय सांसद् रङ्गमती शाही लिमी पुग्नुभएको थियो ।-रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।