ताजा अपडेट »

न्यू डायमण्ड स्पोर्ट्स क्लबद्वारा विश्व कीर्तिमानी अर्पण शर्मालाई सम्मान

सोमबार, १३ मंसिर २०७८, १५ : २८
6 Shares

बुटवल । विश्व कीर्तिमानी युवा अर्पण शर्मालाई न्यू डायमण्ड स्पोर्ट्स क्लबले सम्मान गरेको छ । क्लबकी अध्यक्ष सुनकेशरी मालीको हातबाट अर्पण शर्मालाई सम्मान प्रदान गरिएको हो ।

स्मरण शक्तिमा गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा नाम लेखाई देशको नाम विश्व सामु उच्च राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा शर्मालाई सम्मान गरिएको हो । राष्ट्रिय स्तरका खेलाडीहरु जन्माई अनेकन पुरस्कार, सम्मान र मेडलहरु जितेको न्यू डायमण्ड स्पोर्ट्स क्लब एक सफल क्लबको रुपमा स्थापित भएको छ । सम्मान कार्यक्रममा शर्माले डेमो पनि देखाएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।