२१ माघ २०७९, शनिबार

Feb 4, 2023

काठमाडौँ । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । नवौँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवका अवसरमा आइतबार आयोजित ‘तेस्रोलिङ्गी समुदायको अधिकारमा मिडियाको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागीले ती समुदायले आफ्नो अधिकार अझै प्रयोग गर्न विभिन्न बाधा रहेको गुनासो गरेका थिए ।

Advertisement

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले सञ्चारमाध्यममा तेस्रोलिङ्गी समुदायका विषयले स्थान पाईरहेको र आगामी दिनमा सोही समुदायका व्यक्तिको थप तदरुकता जरुरी रहेको बताए । “ मिडियाले यो लेख्यो, यो लेख्नेभन्दा पनि यो समुदायका लागि मिडियाले के गर्नुपर्ने हो, के गर्यो भने ठिक हुन्छ भन्ने लाग्दछ, त्यो प्रष्टरुपमा मिडियालाई जानकारी गराउनुपर्दछ”, उनले भने ।

पत्रकार माधव दुलालले तेस्रोलिङ्गी समुदायका विषयमा सरकारी निकायले बोल्न नचाहानु, सरकारलाई यो समुदायले झक–झकाउन नसक्नु, जनगणनामा यो समुदायलाई समावेश नगरिनु लगायतका समस्या रहेको बताए । “हामी पत्रकार साथीहरुले यसमा सहयोग त गरिरहेका छौँ तर, यो समुदायमा नै एकरुपता छैन, पत्रकारलाई नै धम्काउनेलगायतका प्रवृत्तिले पनि गाह्रो भएको छ”, उनले भने ।

कार्यक्रमका अध्यक्ष आरती लम्साल, अधिवक्ता सुजन पन्त, तेस्रोलिङ्गी अधिकारकर्मी एवं नीलहीरा समाजकी अध्यक्ष पिङ्की गुरुङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव भरत शर्मा, पत्रकार युवराज गौतमलगायतले यो समूदायका लागि यथेष्ट कानून निर्माण भए पनि कार्यान्वयनको पक्ष फितलो हुँदा समस्या परेको बताए । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

ज्येष्ठ नागरिक हाम्रा ‘मार्गदर्शक’ लुम्बिनीमा हुने राम कथा ३ दिन पछि सर्यो : माघ २४ देखि प्रवचन, २१ गतेदेखि नै भण्डारा विरगाथाका सदस्यलाई सहकारी शिक्षा शहकारी सञ्चालकको मनपरीले बचतकर्ताको रकम जोखिममा वाट्सएपमा ‘नेपाली केटी’ एपको प्रयोग गरी लाखौ रकम ठगी गर्ने ८ जना पक्राउ माधव नेपाललाई भेट्न नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : प्रधानमन्त्री लुम्बिनीबाट कुशिनगरसम्म बौद्धपरिपथ साईकल यात्रा शुरु बढ्दैछन् लागूऔषध दुर्व्यसनी शनिबार रुपन्देहीको तिलोत्तमामा रोटरीका सदस्य बीच ब्याडमिन्टन नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री नासुसनबीच भेटवार्ता गण्डकी प्रदेशसभाबाट दुईवटा अध्यादेश पारित पठान सफल हुँदा आमिर खान विस्थापित ! बैंकको चर्को ब्याजले बिस्थापित हुने अवस्थामा पुगेको ईट्टा व्यवसायीको चिन्ता कपिलवस्तुमा २१ लाखसहित तीन जना पक्राउ गाडी चलाउँदा चलाउँदै घनश्याम भुसाल बेहोस, सिभिल अस्पतालमा भर्ना सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वाेच्चको आदेश हेमन्त कान्छाको पिरतीमा विजय, निशा र चाहना