१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

काठमाडौं। नेकपा एमालेले आसन्न १०औं महाधिवेशनका लागि क्यूरआर कोड र ई-सेवामार्फत २० लाख रुपैँया चन्दा संकलन गरेको छ । 

Advertisement

एमालेले गत २६ कात्तिकमा पार्टीका संगठित सदस्यहरूबाट चन्दा उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंक टेकुमा रहेको खाता नम्बरसँगै क्यूआर कोड सार्वजनिक गरेको थियो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार नौ दिनको अवधिमा कार्यकर्ताले क्यूआरकोड र ई-सेवामार्फत २० लाख रुपैयाँ जम्मा गरिसकको जानकारी दिए । 

उनका अनुसार अधिकांश संगठित सदस्यले १०० रुपैयाँका दरले र प्रवासमा रहेका नेपालीले इच्छाअनुसार रकम पठाइरहेको जानकारी दिए । ‘हालसम्म क्यूआर कोड र ई-सेवाबाट २० लाख रुपैयाँ जम्मा भएको छ, यो ठ्याक्कै हिसाब होइन, खातामा थप रकम पनि जम्मा भएको छ, हिसाब सार्वजनिक गर्छौ’, तामाङले न्युज कारखानासँग भने । 

एमालेले कार्यकर्ता  र सुभेच्छुकलाई न्युनतम १०० रुपैयाँ बैंक खातामा जम्मा गर्न आग्रह गर्दै खाताको क्यूआर कोड सार्वजनिक गरेको हो ।महाधिवेशनका लागि लोगो सार्वजनिकसँगै एमालेले चन्दा प्रयोजनका लागि क्यूआर कोडसँगै ई-सेवा र फोनपेबाट न्युनतम १०० रुपैयाँ जम्मा गर्न भनेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड