१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

बुटवल ।नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनका लागि रुपन्देहीबाट सबै निर्वाचन क्षेत्रमा पुरानै अनुहार दोहोरिने गरी कसरत सुरु भएको छ ।रुपन्देहीमा रहेका पाँचवटा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा हाल नेतृत्वमा रहेका पाँचै जनाले उम्मेदवारी घोषणा गरेका छन् । प्रदेश क्षेत्रीय अधिवेशनबाट अधिकांश नयाँ अनुहार विजयी भएकोमा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा भने पुरानै अनुहार दोहोरिने संभावना बढेको हो । हाल नेतृत्वमा रहेकाहरूले उम्मेदवारी घोषणादेखि तीव्र प्रचारप्रसार थालेका छन् ।

Advertisement

कांग्रेसको क्षेत्रीय अधिवेशन सोमबार हुँदै छ । क्षेत्रीय अधिवेशनले महाधिवेशन प्रतिनिधिसमेत निर्वाचित गर्नेछ । हाल रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ मा हिराबहादुर केसी, क्षेत्र नम्बर २ मा हरि लम्साल, ३ मा मातृका यादव, ४ मा मुकेश यादव र क्षेत्र नम्बर ५ मा वसिउल्लाह मुसलमान सभापति छन् । उनीहरू पाँचजना फेरि सभापति लड्ने तयारीका साथ चुनावी प्रचार तीव्र पारेका छन् ।

क्षेत्र नम्बर १ का सभापति हिराबहादुर केसीले थप एक कार्यकाल आफू नेतृत्वमा आउन चाहेको बताए । ‘कार्यकर्ताको भावना तपाईं एक कार्यकाल सभापति हुनुहोस् भन्ने छ, तसर्थ म सभापतिमा लड्ने विचार गरेको छु’, उनले भने । क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हरि लम्सालले आफू अझै एक कार्यकाल दोहोरिन चाहेको बताउँदै कार्यकर्ताको भावनाअनुसार नै उम्मेदवारी दिन लागेको बताए ।

क्षेत्र नम्बर ३ का सभापति मातृका यादवले पनि आन्तरिक लविङ गरिरहेका छन् । आफू चुनाव लड्ने उद्देश्यका साथ कार्यकर्तासँगको भेटघाटमा व्यस्त रहेको उनले बताए । क्षेत्र नम्बर ४ का सभापति मुकेश यादवले पनि उम्मेदवारी घोषणा गर्दै प्रचार सुरू गरेका छन् । यस पटक पनि कार्यकर्ताले आफूलाई नेतृत्व सुम्पने उनको विश्वास छ । क्षेत्र नम्बर ५ का सभापति बसिउल्लाह मुसलमानले पार्टीमा अहिले सक्षम नेतृत्व आवश्यक रहेको भन्दै त्यो आफूले पुष्टि गरिसकेको बताए । पार्टीगत गुटको प्रभाव भने क्षेत्रीय अधिवेशनमा पनि पर्ने देखिएको छ । क्षेत्र नम्बर १ मा नेतृत्वमा आउन चाहेका केसी देउवा निकट हुन् । उनीविरुद्ध रामचन्द्र पौडेल समूहले विश्वनाथ यादवलाई उठाउने तयारी गरेको छ ।

त्यस्तै क्षेत्र नम्बर २ का पौडेलनिकट मानिने हरि लम्सालविरुद्ध देउवा समूहले काजीमान श्रेष्ठलाई उठाउँदै छ । उनी मजदुर नेता हुन् । क्षेत्र नम्बर ३ का सभापति मातृका यादव पौडेल पक्षका हुन् भने उनीविरुद्ध देउवा समूहले सुशील गुरुङलाई प्रतिस्पर्धामा उतार्दै छ । क्षेत्र नम्बर ४ मा भने पौडेल पक्षका मुकेश यादवका प्रतिस्पर्धी देउवा समूहका विनोद श्रीवास्तव छन् । क्षेत्र नम्बर ५ मा फेरि दोहोरिन चाहेका हालका सभापति वसिउल्लाह मुसलमान कांग्रेस नेता भरतकुमार साहनिकट मानिन्छन् । पौडेल पक्षले उनीविरुद्ध उम्मेदवारी छानिसकेको छैन । यो क्षेत्रमा साहको राम्रो पकड मानिन्छ । 

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड