ताजा अपडेट »

मध्यम र उच्च वर्गलाई लक्षित गरि सिटी अस्पतालमा प्याकेजको घोषणा

आइतबार, ०५ मंसिर २०७८, १५ : ५९
24 Shares

भैरहवा । भैरहवामा रहेको सिद्धार्थनगर सिटी अस्पतालले यस क्षेत्रमा मध्यम एवम उच्च वर्गलाई लक्षित गरि उपचार सुविधामा प्याकेजको घोषणा गरेको छ । अस्पतालले आईतबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि प्याकेजबारे जानकारी गराएको छ । कार्यक्रममा बोल्दै अस्पतालका प्रवन्ध निर्देशक अर्जुन पौडेलले अस्पतालले गर्भवती महिलाहरुलाई पारिवारीक वातावरणमा प्रसुति सेवा लिन सक्ने गरि प्याकेजको ब्यवस्था मिलाईएको बताए । उनले सामान्य प्रसुति तथा शल्यक्रियाबाट हुने प्रसुतिको लागी अलग अलग दरमा प्याकेज उपलब्ध गराएको जानकारी दिए ।

पौडेलका अनुसार प्रसुति सेवामा वरिष्ठ महिला रोग बिशेष तथा तालीम प्राप्त अनुभवि नर्सद्वारा सामान्य प्रसुति गराईने बताए । यस्तै प्याकेज अन्र्तगत नवजात शिशुलाई आवश्यकताको आधारमा एनआईसियु सेवा समेत प्रदान गरिनेछ । प्रसुतिको लागी आवश्यक औषधी एवम सामाग्री अस्पतालले नै ब्यवस्थापन गर्नेछ । यस अतिरिक्त बिरामीको लागी स्वीट क्याबिन, नवजात शिशुको लागी एक सेट लुगा र शिशुको स्वागतको लागी केक समेत काटिने पौडेललको भनाई छ । अन्त्यमा अस्पतालकै सवारीमा आमा, शिशु र कुरुवालाई घर सम्म पु¥याउने ब्यवस्था रहेको उनले बताए । यसको लागी महिला तथा प्रसुति रोग बिशेषज्ञ डाक्टर ज्योती राना र डाक्टर निशा नेपाल उपचारमा संलग्न रहने अस्पतालले जानकारी दिएको छ । “गर्भवती महिला अस्पतालमा छिरे पछि उनि घर पुग्दा सम्मको सबै प्रक्रियालाई प्याकेजमा समावेश गरेका छौं ।” निर्देशक पौडेलले भने “यो बिशेष गरि मध्यम र उच्च वर्गका लाई लक्षित गरि ल्याईएको प्याकेज हो ।” सामान्य प्रसुतिको १५ हजार ५ सय र शल्यक्रियाबाट हुने प्रसुतिको ५० हजार देखी ५५ हजार सम्म शुल्क पर्ने पौडेलले बताए । कोरोनाको समयमा कतिपय बिरामीले बाध्यात्मक अवश्थामा भिडभाडमै प्रसुति गराएकोले बिशेष सुविधा खोज्नेहरुका लागी यो प्याकेजले आकर्षित गर्ने अस्पतालको भनाई छ ।

यस्तै सिद्धार्थनगर सिटी अस्पतालले मंसिर ९ गते देखी १७ गते सम्मको लागी बिशेष प्याकेजमा “होल बडी चेकअप” समेत गर्ने जनाएको छ । यस अन्र्तगत महिला रोग तथा क्यान्सर स्क्रिनिङ प्याकेज र गोल्डेन हेल्थ प्याकेजको घोषणा गरिएको छ । प्याकेज अन्र्तगत ३ हजार ३ सय १२ रुपैया तोकेर यसमा रगत जाँच, पिसाब जाँच, थाईराईडको जाँच, पाठेघर तथा स्तनको भिडियो एक्सरे, पाठेघरको पानीको जाँच लगायत महिला रोग सम्बन्धि डाक्टरसंग जाँच तथा परामर्शको सुविधा प्रदान गरिएको छ । अन्य समयमा यसमा करिब ७ हजार रुपैया सम्म खर्च हुने अस्पतालको भनाई छ ।

यस्तै गोल्डेन हेल्थ प्याकेज अन्र्तगत महिला तथा पुरुषहरुको लागी थाईराईड, सुगर, कोलेष्ट्रोल, किडनी फङसन् टेष्ट, पिसाब जाँच, छातीको एक्सरे, भिडियो एक्सरे, ईसिजि लगायतका जाँचहरु गरि डाक्टरसंग जाँच तथा परामर्शको सेवा उपलब्ध गराईने अस्पतालका प्रवन्ध निर्देशक अर्जुन पौडेलले बताए । अन्य समयमा ७ हजार शुल्क लाग्ने यो सेवा प्याकेज अन्र्तगत ३ हजार ५ सयमै उपलब्ध गराउने उनले जानकारी दिए ।
१० बर्ष पहिला १५ शैयाबाट सेवा सुरु गरेको अस्पतालले अहिले आफ्नै भवनबाट १ सय शैया सञ्चालन गर्दै आएको छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा