१३ माघ २०७८, बिहीबार

Jan 27, 2022

काठमाडौं । नेपालमा सबैभन्दा बढी महाधिवेशनबाट नेतृत्व चयन गर्ने कम्युनिष्ट पार्टी भनेर रेकर्ड बनाएको नेकपा (एमाले) ले हालसम्म नौ वटा महाधिवेशनबाट नेतृत्व चयन गरेको छ ।

Advertisement

एमाले १०-१२ मंसिरमा १०औँ महाधिवेशनको तयारीमा जुटेको छ । चितवनमा हुने महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने योजना बनाएको एमालेमा हालसम्म दुई जना मात्रै दोहोर्‍याएर नेतृत्वमा पुगेका छन् । चौथो र पाँचौ महाधिवेशनबाट मदन भण्डारी तथा छैठौँ र साताैँ महाधिवेशनबाट माधवकुमार नेपाल दुई/दुई पटक नेतृत्वमा पुगे पनि अन्य भने हालसम्म दोहोरिएका छैनन् ।

एमालेले हालै सार्वजनिक गरेको महाधिवेशन केन्द्रित आधिकारिक बुलेटिन ‘नवयुग’मा उल्लेख भएअनुसार नेपाल कम्युनिष्ट पार्टीको नाममा पहिलो पटक १० वैशाख २००६ मा संस्थापकको हैसियतमा पुष्पलालले नेतृत्व गरेका थिए । त्यसको चार वर्षपछि १०-२० माघ, २०१० मा ललितपुर र काठमाडौंमा महाधिवेशन भएको थियो । १० दिनसम्म चलेको सो महाधिवेशनबाट महामन्त्रीको रूपमा मनमोहन अधिकारी नेतृत्वमा पुगेका थिए ।

दोस्रो महाधिवेशन १५-२५ जेठ, २०१४ मा आयोजना गरिएको थियो, जुन महाधिवेशनबाट केशरजंग रायमाझी महासचिव बने । यो महाधिवेशन पनि १० दिन चलेको थियो । तेस्रो महाधिवेशन भने ११ दिनसम्म सञ्चालन भएको थियो । स्थान उल्लेख नगरे पनि ४-१५ वैशाख, २०१९ मा भएको सो महाधिवेशनले तुल्सीलाल आमात्यलाई नेतृत्व सुम्पेको थियो । त्यसपछि झन्डै २७ वर्षसम्म महाधिवेशन नगरेको एमालेले पञ्चायतकालको अन्तिम अवस्थातिर विष्णुपुरकट्टी, सिरहामा चौथो महाधिवेशन आयोजना गरेको थियो । भूमिगत रूपमा सात दिनसम्म चलेको उक्त महाधिवेशनबाट पहिलो पटक मदन भण्डारी नेतृत्वमा पुगेका थिए ।

पञ्चायती व्यवस्था ढलेपछि एमालेले १४-२० माघ, २०४९ मा  दशरथ रंगशालामा खुला महाधिवेशन गरेको थियो, जुन पाँचौँ महाधिवेशन थियो । जहाँबाट भण्डारी दोहोरिएर नेतृत्वमा पुगेका थिए । भण्डारीको देहान्तपछि १२-१८ माघ, २०५४ मा बाँकेको नेपालगञ्जमा  छैटौँ महाधिवेशन भयो । छैटौँ महाधिवेशनबाट माधवकुमार नेपालले नेतृत्व सम्हालेका थिए, भने उनै नेपाल सातौँ महाधिवेशनबाट पनि महासचिव पदमार्फत नेतृत्व तहमा दोहोरिएका थिए ।

एकल नेतृत्वबाट सञ्चालन हुँदै आएको एमाले आठौँ महाधिवेशनमा पुग्दा भने बहुपद प्रणालीमा प्रवेश गरेको थियो । ५-१४ फागुन, २०६५ मा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट झलनाथ खनाल अध्यक्षको रूपमा नेतृत्व तहमा पुगेका थिए । उनले केपी शर्मा ओलीलाई पराजित गर्दै नेतृत्व सम्हालेका थिए । १९ असारदेखि १ साउन, २०७१ मा काठमाडौँको भृकुटीमण्डपमा भएकोे नवौँ महाधिवेशनबाट ओली अध्यक्ष चुनिएका थिए । उनले दुई पटक पार्टीको नेतृत्व सम्हालेका प्रतिस्पर्धी नेपाललाई पराजित गरे ।

एमालेको १०औँ महाधिवेशन झण्डै ८ वर्ष पछि चितवनको भरतपुरमा आयोजना हुँदैछ । सम्भवतः १०औँ महाधिवेशनबाट ओली नै एमालेको नेतृत्व सम्हाल्नेछन् । नवौँ महाधिवेशनबाट अध्यक्ष बनेका ओली दुई पटक नेतृत्वमा पुग्ने तेस्रो नेता बन्न सक्छन् । 

प्रतिकृया दिनुहोस्

Flash News

अनुमतिबिना सार्वजनिक स्थलमा फोटो,भिडियो खिच्न नपाइने तिनाउमा मृत भेटिएकी महिला सैनामैनाकी जित कुमारी घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति तिलोत्तमाको डिङ्गरनगर र हरिहरपुरलाई जोड्न तिनाउ नदीमा पुल नेपालमा तीन करोड डोज खोप लगाइयो दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा लासमा पनि दलालको नङ्ग्राः एउटै मृतकको १० लाख झ्याम् विपद्का विभिन्न घटनामा परी २४ घण्टामा दुई जनाको मृत्यु, १० जना घाइते मृतकका परिवारलाई साढे चार लाख बीमा रकम जिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते कोभिड खोप नलगाएको भन्दै अस्पतालद्वारा विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार जोर-विजोर प्रणालीले झन् सास्ती