२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

टोकियो । जापानकी पूर्वराजकुमारी माको अमेरिका प्रस्थान गरेकी छिन् । माको जापानको दरबार त्यागेर आफ्ना श्रीमान केइ कोमुरोसँग अमेरिका प्रस्थान गरेकी हुन् । माको र कोमुरो अमेरिका प्रस्थान गर्दा टोकियो विमानस्थलमा विशेष स्वागत गरिएको थियो ।

विभिन्न स्थानमा पछ्याएका १०० ओटा पत्रकारहरुलाई छिचोलेर यो जोडी विमानस्थल पुगेको थियो । उनीहरुले सञ्चारकर्मीले सोधेर कुनै पनि प्रश्नको जबाफ दिएनन् । विमानस्थलमा उनीहरूलाई सुरक्षाकर्मीले कडा सुरक्षा प्रदान गरेका थिए ।उनीहरु न्युयोर्कस्थित एउटा अपार्टमेन्टमा भाडामा बस्नेछन् । कोमुरो अमेरिकाको एउटा कम्पनीमा वकालत गर्छन् ।
 
जापानी कानुनअनुसार सर्वसाधारणसँग विवाह गर्ने राजपरिवारका महिला सदस्यले आफ्नो शाही उपाधि  गुमाउँछन् । सोहीबमोजिम माकोको हैसियत सर्वसाधारण नागरिकसरह भएको छ । विवाहपछि उनीहरु न्युयोर्कमा बस्ने बताउँदै आएका थिए । अमेरिका पुगेर माकोले काम खोज्ने छिन् । न्युयोर्क राज्यको बार परीक्षामा कोमुरो फेल भएपछि यो जोडीलाई धक्का लागेको छ । अमेरिकामा कानुनी व्यावसाय गर्न कुनै पनि वकिलले राज्यले लिने बारको परीक्षा पास गर्नुपर्छ । कोमुरो हाल न्युयोर्कको एउटा फर्मका कानुनी कारिन्दा हुन् । 
 
माको र कोमुरोको अमेरिका प्रस्थानलाई बेलायती राजकुमार ह्यारी र मेघन मर्केलको अमेरिका यात्रासँग तुलना गरिएको छ । उनीहरुलाई जापानको ह्यारी र मेघन भन्न थालिएको छ ।

राजपरिवारबाहिरकी युवतीसँग विवाह गरेपछि ह्यारी र मर्केल शाही उपाधि त्यागेर बेलायतबाट अमेरिका पुगेका थिए । 
 
चार वर्षअघि इन्गेजमेन्ट गरेपछि यो जोडी विवादमा तानिएको थियो । उनीहरुको सम्बन्ध विभिन्न सञ्चारमाध्यमहरुमा गसिप बनेको थियो । कोमुरोकी आमाले छोरासँग अफेयर्समा रहेकी एक युवतीसँग लिएको मोटो रकम नतिरेको विवरण सार्वजनिक भएको थियो । सोही कारण माकोसँगको विवाह  चार वर्ष धकेलिएको थियो । 
प्रेम सम्बन्धबारे विभिन्न सञ्चार माध्यमहरुमा नकरात्मक समाचार सार्वजनिक भएपछि माको डिप्रेसनमा पुगेकी थिइन् । -एजेन्सी

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका