ताजा अपडेट »

थप १३९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

शनिबार, २० कार्तिक २०७८, १६ : ५८
4 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९ सय ३२ जनामा गरिएको परीक्षणमा १३९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ३९६ जना निको भएर फर्किएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।