२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

काठमाडौं । बंगलादेशलाई पराजित गर्दे दक्षिण अफ्रिकाले आइसिसी टी-ट्वान्टी विश्वकपको सेमिफाइनल यात्रा जीवित राखेको छ । 

Advertisement

मंगलरबार सुपर–१२ को समूह–१ को खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ६ विकेटले हराएको हो । जितसँगै दक्षिण अफ्रिकाको सेमिफाइनल यात्राको सम्भावना बाँकी रहँदा बंगलादेश भने उपाधि होडबाट बाहिर रहेको हो । 

८५ रनको सामान्य  लक्ष्य दक्षिण अफ्रिकाले १३ ओभर ३ बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो । 

दक्षिण अफ्रिकाको जितमा कप्तान टेम्बा बभुमाले सर्वाधिक ३१ रनको अविजित इनिङ खेले । यस्तै रास्सी भान डर डुसेन २२ रनको योगदान दिए । 

बंगलादेशका तस्किन अहमदले २ विकेट लिए । भने नासुम अहमद र माहेदी हसनले समान १-१ विकेट लिए ।

यसअघि आबुधाबीमा टस हारेर ब्याटिङ गरेको बंगलादेश १८ ओभर २ बलमा ८४ रनमा अल आउट भएको थियो । 

बंगलादेशका माहेदी हसनले सर्वाधिक २७ रन बनाए । यस्तै ओपनर लिटन दासले २४ रनको योगदान दिए । 

दक्षिण अफ्रिका कागिसो रबाडा र   एनरिच नोर्कियाले समान ३ विकेट लिए । यस्तै तबरेज शाम्सीले २ विकेट हात पारे । 

समूह–१ मा इंग्ल्याण्ड शीर्षस्थानमा रहँदा दक्षिण अफ्रिका ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । एक खेल कम खेलेको अस्ट्रेलिया तेस्रो स्थानमा रहँदा श्रीलंका चौथो, वेस्ट इंण्डिज पाँचौँ र बंगलादेश पुछारमा छ । 

समूह–२ मा पाकिस्तान ३ खेलमा ३ जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान दोस्रो स्थानमा छ । न्युजिल्यान्ड  तेस्रो स्थानमा रहँदा नामिबिया चौथो स्थानमा छ । यता, अंक विहीन भारत र स्कटल्यान्ड क्रमशः पाँचौं र छैटौं स्थानमा छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रपतिबाट नागरिकता विधेयक अस्वीकृत दाजुभाई मिलेर बहिनीको प्रेमीको हत्या चर्चमा आगलागी, ४१ जनाको मृत्यु प्यूठानमा जीप दुर्घटना, नौ जना घाइते लुम्बिनी सरकारको प्रगति : तालिम गोष्ठिदेखि कर्मचारीको विवरण सार्वजनिकसम्म पाल्पामा सोमप्रसाद भर्सेस ठाकुर गैरे !, अर्को क्षेत्रमा कसको चर्चा ? बुटवल उपमहानगरको न्यायिक समितिले गर्‍यो ६ वटा विवाद निरुपण थप ४५५ जनामा कोरोना संक्रमण, २ को मृत्यु बजेट अधिवेशनमै धमाधम कानुन निर्माण १३ वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरेकाे आरोपमा पक्राउ मेयर बालेनज्यू, तपाइँ असफल हुनु भएन : पूर्वसचिव शारदा त्रिताल आत्मनिर्भर हजुरआमाहरू संघीय सरकारविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू नै धर्नामा गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ