२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

परासी । पश्चिम नवलपरासीमा विगत १० वर्षदेखि रोक्का भएको जग्गा फुकुवा भएपछि सुकुम्बासीहरु निकै खुसी भएका छन् । राजश्व बुझाए पश्चात पुर्जा पाएपछि घर बनाएका सुकुम्बासीहरुको लालपुर्जा नै खोसिने डरले चिन्तित थिए । अहिले रोक्का फुकुवा भएपछि उनीहरु खुसी भएका छन् ।

Advertisement

सुकुम्बासी समस्या समाधान आयोग अन्तर्गतको मनसोवा पाण्डे अध्यक्ष रहेको नवलपरासी आयोगले तत्कालीन समयमा करिब १२ हजार पुर्जा वितरण गरेको थियो । जसमा सबैभन्दा बढी पश्चिम नवलपरासीका ८ हजार र पूर्वी नवलपरासीका ४ हजार सुकुम्बासीले पुर्जा पाएका थिए । जग्गा वितरणमा अनियमिता र भ्रष्टचार भएको उजुरी परेपछि २०६९ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोक्का राखेको थियो । त्यही बेलादेखि जग्गा रोक्का भएका अव्यवस्थित बसोबासी र सुकुम्बासीहरुले घरमा राखेको पुर्जा कागजमै सिमित बनेको थियो ।

जग्गा रोक्का भएसँगै संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका सुकुम्बासीहरुको समस्या समाधान लामो समयसम्म समाधान हुन सकेको थिएन । सबैभन्दा बढी सुकुम्बासी सुनवलमा छन् । सुकुम्बासीहरुले पटक पटक जग्गा फुकुवाको पहल गर्न आग्रह गरेपछि नगरपालिकाले पहल गरेको थियो । सुनवल नगरपालिकाले टोलीले छिटो छानविन गरी टुंगोमा पुग्न आग्रह गरेअनुसार आयोगको २०७८ कात्तिक ८ गतेको निर्णयले रोक्का जग्गा फुकुवा भएपछि सुकुम्बासीहरु खुसी भएका हुन् ।

जग्गाको क्षेत्रफलअनुसार आयोगले राजश्व दस्तुदर तोकेर पुर्जा वितरण गरेको थियो । जसबाट साढे १० करोड रुपैयाँ मालपोत कार्यालयमा राजश्व जम्मा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट फुकुवाको पत्र आएकाले प्रकृया अघि बढाउने मालपोत कार्यालयका प्रमुख कुमार आचार्यले बताए । ‘धेरै पुराना फाइल भएकाले यकिन गरेर १ महिना भित्र फुकुवा गर्छौ ।’, मालपोत प्रमुख आचार्यले भने ।

यसैबीच एमाले नेतृत्वमा गठन भएको भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समितिले पनि जिल्लामा करिब ३० हजार अव्यवस्थित, भूमिहिन र सुकुम्बासीको विवरण संकलन गरेको थियो । अव्यवस्थित बसोबासीलाई पुर्जा वितरणको तयारी गरिरहेको जिल्ला समितिको काम सरकार परिवर्तनसँगै रोकिएको छ । संकलन गरिएको करिब ३० हजारको विवरण छुट्टै रहेको एमाले नेतृत्वमा गठन भएको आयोगकी जिल्ला अध्यक्ष विमला अर्यालले बताएकी छिन् ।

प्रतिकृया दिनुहोस्

Flash News

गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ? बुटवलमा नेपाल रक्तदाता संघको केन्द्रिय कार्यालय उद्घाटन ‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी लमजुङमा एक वर्षमा २० वर्ष नपुग्दै एक सय ५५ जना आमा दागबत्ती दिन पाँच लाख माग गठबन्धन कर र डर दुवै हो: रामचन्द्र पौडेल भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पौडी खेल्ने क्रममा डुबेर २६ वर्षीय निराजन पोख्रेलको मृत्यु शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु प्रवासमा रहेका नेपाली राप्रपाको एजेन्डाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग